नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो !

काठमाडौँ – मंगलबार ५ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ५ सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। २४ घण्टामा ९० महिला र ४४८ पुरुषमा कोरोनाको पुष्टि भएको उनले बताए। यससँगै ९८४ महिला र ९११५ पुरुष गरी नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका ७६ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। मंगलबार डिस्चार्ज हुनेहरुमा ८ जना महिला र ६८ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार २ सय २४ पुगेको छ। अहिले सम्म २ हजार ३५ जना पुरुष र १ सय ८९ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

हाल सम्म नेपालमा १ लाख ८६ हजार ३ सय ६६ पिसिआर परीक्षण र २ लाख ७१ हजार ५ सय ८४ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ४ हजार ९ सय ९५ पिसिआर परीक्षण र ३ हजार ४ सय ८१ आरडीटि परीक्षण भएको छ।

क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ र आइसोलेसनमा ७ हजार ८ सय ५१ जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७१०:४२

सिके राउतको जनमत पार्टीले गर्यो आन्दोलनको घोषणा ! [विज्ञप्ति सहित]