३ महिनापछि छोरा हृदयन्द्रसंग स्वदेश फर्किइन हिमानी शाह!

फाइल फोटो

काठमाडौँ, असार ९ । पूर्वयूवराज्ञी हिमानी शाह मंगलबार स्वदेश फर्किएकी छिन् । उनि थाइल्यान्डको ३ महिना बसाइपछि नेपाल फर्किएकी हुन् । बैंककमा पढ्दै आएका आफ्ना छोरा-छोरीहरुलाई  भेट्न गएकी उनि लकडाउनको कारण नेपाल आउन पाएकी थिइनन्।

मंगलबार नेपाल एयरलाइन्सको विमानमा हिमानी छोरा हृदयन्द्रसंग त्रिभुवन विमानस्थलमा आज दिउसो करिब ३ बजे ओर्लिएकी हुन् । उनिहरु अहिले होटल क्वारेन्टिनमा बसेका छन् । हिमानीका दुई छोरीहरु पूर्णिका शाह र कृतिका शाह भने कलेज खुलिसकेकाले थाइल्यान्डमै बसेका छन् ।

सामाजिक सेवामा संलग्न पूर्व युवाराज्ञी हिमानी शाह युवा पुस्ताका नेपालीमाझ लोकप्रिय छिन् । विशेष कार्यक्रममा कमै मात्र देखिने उनी सामाजिक संजालमा पनि कम सक्रिय छिन्। तर थाइल्यान्डमा रहदा  हिमानीले आफ्नी छोरीहरुसंग निकै रमाइलो गरेकी थिइन्। हिमानी र उनकी छोरीहरु पूर्णिका र कृतिकाले बनाएको टिकटक भिडियो सामाजिक संजालमा निकै भाइरल भएको  थियो ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७११:४१

लोकसेवा आयोग विधेयक पारित !