यस्ता ८ रोगको रामवाण हो लालीगुराँस !

काठमाडौँ – नेपालको राष्ट्रिय फुल नै लालिगुराँस हो । लालिगुराँस हेर्दा जति राम्रो छ त्यतिकै मात्रामा उपयोगी पनि छ । पहाडी क्षेत्रमा पाइने लालिगुराँस जंगलमा फुल्ने गर्छ । लालिगुराँस फुल्ने बेलामा जङ्गले रोकन नै फेरेको हुन्छ । हरियाली जंगल अनि डकमक फुलेको थरिथरिका लालिगुराँसको सुन्दर दृष्यले जो कोहीलाई मोहीत बनाएको हुन्छ ।

राष्ट्रिय फुल भएको कारण लालिगुराँससँग हाम्रो भावनात्मक नाता जोडिएको छ भने हामी लालिगुराँसको सम्मान पनि गर्छौ । देख्नमा जति राम्रो छ त्यतिकै मात्रामा गुणकारी रहेको छ । लालिगुराँसको जुस मानव स्वास्थ्यको लागि अत्याधिक लाभदायक रहेको छ । आार्युवेदिक औषधीको रुपमा लागिगुराँसको फाइदाहरु थुप्रै रहेका छन् हेरौँ केके हुन् त  :

समुन्द्री सतह देखि करिब १५०० देखि ३६०० मिटर सम्मके उचाईमा पाइने लालिगुराँस रातो सेतो गुलावी आदि रङहरु रहेका हुन्छन् । प्राचिन समयमा नै लालिगुराँसलाई आर्युबेद औषधीको रुपमा प्रयोग गरिदै आइएको छ ।

१.रातो रङको लालिगुराँसलाई पोषकतत्वले भरिपूर्ण रहेको मानिन्छ । यसको औषधीय गुणपनि त्यतिकै मात्रामा रहेको छ ।

२.कलेजो मृगौला जस्ता समस्याको लागि गुराँसको जुस निकै फाइदाजनक रहेको छ ।

३.हृदय रोग जस्ता जटिल रोगको समेत गुराँसको जुस सेवन गर्नाले निको हुन्छ ।

४. गुराँसको जुसले हड्डी दुखाइको समस्या समेत निको हुने गर्छ ।

५.उच्च रक्तचापको नियन्त्रण गर्नको लागि पनि लालिगुराँस लाभदायक रहेको छ ।

६.घाँटीमा कुनै पनि खाने कुरा अड्कीएको बेलामा गुराँस खानाले निको हुन्छ ।

७.लालिगुराँस फल्ने एउटा मात्र सिजन भएकाले अन्य बेलामा नपाइने हुँदा  टिपेर सुकाएर राख्नुपर्नेछ ।

८. गुराँसको फुल घरको मुल ढोकामा सजाउनाले घरमा नकारात्मक उर्जाहरु हटेर जाने र सकारात्मक उर्जा पैदा हुने मान्यता रहेको छ ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७१२:०७

खाली पेटमा मनतातो पानीसँगै लसुन, अदुवा र कागती, हुन्छन् यस्ता गज्जबका फाइदा !