भोलि असार १० गते बुधबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईलाई यसदिन मानसिक चिन्ताले सताउनेछ । यसदिन भावनामा  धेरै नबहकिनुस। तपाई आफ्नो बोलिमा संयम अपनाउनुहोस्। माताको स्वास्थ्यको विषयमा अधिक ध्यान दिनुहोस। बिधार्थीको लागि समय मध्यम रहेको छ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाई मनदेखि हल्कापन अनुभव गर्नुहुनेछ। तपाइको उत्साहमा वृद्धि हुनेछ । मन पनि संवेदनशीलताले भरिनेछ। तपाई यसदिन काल्पनिक संसारमा डुब्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कार्य सम्पन्न गर्न ढिलाइ हुन सक्छ, त्यही पनि प्रयास जारी  राख्नुहोस। तपाइको कार्य निर्धारित रुपमा सम्पन्न हुनेछ। प्रारम्भिक आर्थिक योजनामा केहि अवरोधहरु हुनेछ, तर पछि तपाईका मार्गहरू खुला देखिनेछ। आफन्त तथा साथीहरुसंगको भेटले तपाईलाई आनन्दित बनाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाई यसदिन साथीहरू र प्रियजनहरूसँग धेरै प्रसन्न वातावरणमा समय बिताउनुहुनेछ। विदेशको यात्रा हुने सम्भावना छ। यसदिन तपाईलाई लाभ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाई अधिक भावुक हुदा तपाइको मनमा चिन्ता रहनेछ। स्त्रीवर्गसंग यसदिन सम्हालेर व्यवहार गर्नुहोस । छलफल वा विवादबाट टाढा रहनुहोस । व्यवहारमा संयम र विवेक राख्नुहोस । खर्चको मात्रा अधिक रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाइको आनन्द र उल्लासमा बित्नेछ। यसदिन विभिन्न क्षेत्रमा तपाईलाई लाभ मिल्नेछ। जसमा महिला मित्रको भूमिका महत्वपूर्ण रहनेछ।  सन्तानबाट सुभ समाचार मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन तपाइको लागि शुभ रहनेछ। जागिर या व्यावसायिक क्षेत्रमा तपाईको लागि अनुकुल रहनेछ। पदोन्नतिको सम्भावना रहेको छ।  पारिवारिक जीवनमा प्रफुल्लित वातावरण रहनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

यसदिन तपाई आफ्नो जागिर या व्यावसायिक स्थलमा सम्हालेर कार्य गर्नुहोस। तपाई उच्च अधिकारीको नकारात्मक दृष्टिकोणको कारण पीडित हुन सक्नुहुन्छ। शारीरिक रुपमा आलस्य रहनेछ । सन्तानको साथ मतभेद रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यसदिन कुनैपनि नया कार्यको सुरुवात नगर्नुहोस। बानि र व्यवहारमा संयम राख्नुहोस । अधिक संवेदनशीलताले तपाईलाई विचलित बनाउनेछ । स्वास्थ्यको विषयमा सावधानी रहनुहोस। धन खर्च हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन तपाइको शुभ रहनेछ।  व्यावसायिक क्षेत्रमा तपाइको व्यापार विकसित हुने सम्भावना रहेको छ। तपाइको आर्थिक स्तर मजबुत बन्नेछ। तपाइको  मान-प्रतिष्ठा मा  वृद्धि  हुन सक्नेछ। साथै छोटो यात्रा हुने सम्भावना रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाइको लागि आनन्ददायी हुनेछ। तपाईको कार्यमा सफलता तथा यश-कीर्ति प्राप्त हुनेछ । परिवारको साथ राम्रो तरिकाले समय बित्नेछ।  जागिर तथा व्यावसायिक क्षेत्रमा तपाईलाई धेरै सहयोग मिल्नेछ।  घरमा आनन्दपूर्ण वातावरण रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

यसदिन तपाइको सिर्जना शक्तिमा धेरै निखार आउनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। बिधार्थीको लागि समय निकै अनुकुल रहेको छ। स्वभावमा भावुकता विशेष मात्रामा रहनेछ ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७१३:४२

आज असार ११ गते बिहिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल!