“उपत्यका बाहिरबाट आउने डेरावाललाई पिसिआर परीक्षण गर्न अनावश्यक दवाव नदिनु”

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउने बितिकै पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यका बाहिरबाट आउने बितिकै पिसिआर परीक्षण गर्न नपर्ने बताएका हुन्।

उनले उत्पयकाका सम्पूर्ण घरबेटीलाई बाहिरबाट आएका डेरावाललाई पिसिआर परीक्षण गर्न दवाव नदिन अनुरोध गरे। उपत्यका बाहिरबाट आउने बितिकै पिसिआर परीक्षण गरिहाल्न नपर्ने स्पष्ट पारे। यधपी १४ दिन होम क्वारेन्टाइनमा बस्न भने अनिवार्य रहेको उनले बताए।

उनले त्यस सम्बन्धमा उपत्यकाका २ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सबै प्रमुख जिल्ला प्रशासन कार्यलयमा गृह मन्त्रालयबाट पत्राचार समेत भइसकेको जानकारी दिए।

७६ जना ‘डिस्चार्ज’

मन्त्रालयका प्रवक्ता डा गौतमले विभिन्न अस्पतालबाट ७६ जनालाई घर पठाइएको जानकारी दिए । उनका अनुसार आठ महिला र ६८ पुरुष आज डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज हुनेसँगै डिस्चार्जको सङ्ख्या दुई हजार १२४ जना रहेका छन् । तीमध्ये दुई हजार ३५ पुरुष र १८९ जना महिला रहेका छन् ।

उनका अनुसार डिस्चार्ज हुनेमा गोठगाउँ आइसोलेशन झापा एक पुरुष, कोशी अस्पतालबाट झापाका एक महिला र तीन पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका एक पुरुष, उदयपुरका एक महिला र तीन पुरुष, मोरङका १४ पुरुष रहेका छन् ।

यस्तै रामेछाप अस्पताल रामेछापबाट १३ पुरुष, साइकृष्ण आइसोलेशनबाट सप्तरीका दुई महिला र तीन पुरुष, गण्डकी अस्पतालबाट पर्साका दुई महिला र नौ पुरुष, कोभिड–१९ अस्पताल बलम्बुबाट नवलपरासीका एक महिला पनि डिस्चार्ज भई घर फर्किएका छन् ।

यसैगरी बेनी अस्पताल म्याग्दीका दुई पुरुष र धौलागिरि अस्पतालबाट वागलुङका तीन पुरुष, स्याङ्जा अस्पतालबाट तीन पुरुष, गोरखा अस्पतालबाट सात पुरुष, जीपी कोइराला शुक्लागण्डकीबाट दुई पुरुष पनि डिस्चार्ज भई घर फर्किएका छन् ।

यसैगरी ह्याम्स अस्पताल काठमाडौँबाट कास्कीका एक पुरुष, कालिका अस्पताल भिरकोटबाट स्याङ्जाका एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लमजुङका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङ्जाका एक महिला र कास्कीका तीन पुरुष पनि डिस्चार्ज भएका छन् ।

यसैगरी अहिलेम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर र दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । विगत २४ घण्टामा चार हजार ९९५ पीसीआर र तीन हजार ४८१ आरडीटी गरिएको छ । अहिलेसम्म ८५ हजार ८१३ जना क्वारेन्टिन र सात हजार ८५१ जना आइसोलेशनमा रहेका छन् ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७१५:४९

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान !