सरिता गिरी भन्छिन् – “नयाँ नक्शाको समर्थन गरेर मधेशवादी दलहरुले गम्भीर गल्ति गरे”

काठमाडौँ – कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको हो भन्ने प्रमाण छैन् भन्दै दावी गर्दै आएकी जनता समाजवादीकी सांसद सरिता गिरीले मधेश केन्द्रित दलहरुले गम्भीर गल्ति गरेको बताएकी छन्।

सरकारले कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर तयार पारेको नक्साको समर्थनमा मतदान गरेर गम्भीर गल्ति गरेको गिरीले बताएकी हुन्।

एक ट्वीट गर्दै उनले कुनै आधार र प्रमाणबिना तयार पारिएको नक्साको पक्षमा मतदान गरेर मधेश केन्द्रित दलहरुले गम्भीर गल्ति गरेको बताएकी छन्। मतदान भएको दिन अनुपस्थित भएको भए उचित हुन्थ्यो भन्ने उनको बुझाई छ।

“मधेश केन्द्रित पार्टीहरूले कुनै आधार र प्रमाणबिनाको नयाँ नक्शाको पक्षमा संसदमा मतदान गरेर गम्भीर गल्ती गरे”,एक ट्वीट गर्दै उनले भनेकी छन्।

नेपालको पहाडी सत्ता र भारतको सत्ता बीच मध्यस्थता गर्ने अवसर मधेशवादी दलहरुले गुमाएको पनि उनले बताएकी छन्। त्यसदिन अनुपस्थित भएको भए मधेशवादी दलहरुले नेपालको पहाडी सत्ता र भारतको सत्ता बीच मध्यस्थता गर्न सक्थे भन्ने उनको भनाई छ।

“त्यसदिन मधेशकेन्द्रित सांसदहरु अनुपस्थित हुनुपर्दथ्यो। त्यसो गरेको भए, नेपालको पहाडी सत्ता र भारतको सत्ता बीच मध्यस्थता गर्ने अवसर मधेश केन्द्रित दलहरुसँग हुन्थ्यो”,ट्वीटरमा उनले भनेकी छन्।

यस्तो छ उनको ट्वीट –

“मधेश केन्द्रित पार्टीहरूले कुनै आधार र प्रमाणबिनाको नयाँ नक्शाको पक्षमा संसदमा मतदान गरेर गम्भीर गल्ती गरे। त्यसदिन मधेशकेन्द्रित सांसदहरु अनुपस्थित हुनुपर्दथ्यो। त्यसो गरेको भए, नेपालको पहाडी सत्ता र भारतको सत्ता बीच मध्यस्थता गर्ने अवसर मधेश केन्द्रित दलहरुसँग हुन्थ्यो।”

प्रकाशित : बुधबार, असार १०, २०७७०२:४८

फेरी बढ्यो अण्डाको मूल्य ! कति बढ्यो ? [मूल्य सहित]