फेरी बढ्यो अण्डाको मूल्य ! कति बढ्यो ? [मूल्य सहित]

काठमाडौँ – अण्डा उत्पादक सङ्घले अण्डाको मूल्य फेरी बढाएको छ। सङ्घले बुधबार मात्रै अण्डाको मूल्य प्रतिक्यारेट २० रुपियाँको बढाएको हो। लकडाउनको अवधिमा मात्रै अण्डाको मूल्य तीन पटक वृद्धि भएको छ।

सअघि २८५ रुपियाँमा किसानको फर्मबाट बिक्री हुने अण्डा अहिले ३०५ रुपियाँ पुर्याएको छ । त्यही अण्डा उपभोक्ताको भन्सासम्म पुग्दा क्यारेटको ३५०–३६० रुपियाँ पुग्ने सङ्घले जनाएको छ।

सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार उत्पादन कम र माग बढी भएको कारण मूल्य वृद्धि गरिएको हो। मूल्य वृद्धि गर्दा पनि किसानलाई घाटा रहेको उनी बताउँछन्।

उनका अनुसार एउटा अण्डा उत्पादन गर्न किसानको ११ रुपियाँ ५३ पैसा खर्च हुन्छ। तर, किसानले १० रुपियाँ ३७ पैसा मात्र पाउने गरेको उनको भनाई छ।

“अहिले पनि किसानले एक रुपियाँ ३७ पैसा घाटामा अण्डा बेचिरहेका छन् । बन्दाबन्दी सुरु हुने बित्तिकै दानाको समस्या भयो । दानाको समस्या हुने बित्तिकै कुखुरामा असर पर्यो ।”,उनी भन्छन्।

लकडाउनको सुरुवातमा क्यारेटको २४०–२६० अण्डा बिक्रि हुने गरेको थियो। त्यससमयमा अण्डाको माग अत्यन्त कम भएपनि अहिले आएर माग ह्वातै बढेको छ। दैनिक लगभग २५ लाख अण्डा खपत भइरहेको छ। यधपी दैनिक १८ लाख मात्र अण्डा उत्पादन भइरहेको केसीको भनाई छ।

“अहिले दैनिक १८ लाख वटा अण्डा मात्र उत्पादन भइरहेको छ भने माग २५ लाखभन्दा बढी रहेको छ”, उनले भने, “उत्पादन भन्दा माग बढी रहेको हुनाले अण्डाको मूल्यमा वृद्धि भएको हो । यस्तै अवस्था रह्यो भने अण्डाको मूल्य अझै बढ्न सक्छ ।”

प्रकाशित : बुधबार, असार १०, २०७७०३:०७

भारतमा कोरोनाको तिब्र फैलावट: आउँदो केहि हप्तामा रसियालाई पनि उछिन्ने देखियो!