“चर्को घामले कोरोना भाइरस नष्ट गर्न सक्ने”

एजेन्सी – एक अध्ययनले कोरोना भाइरसलाई चर्को घामले नष्ट गर्न सक्ने देखाएको छ। अमेरिकी वैज्ञानिकहरूको एक समूहले गरेको पछिल्लो अध्ययनले यस्तो देखाएको हो।

गर्मीयामको चर्को घामले ३४ मिनेटमै ९० प्रतिशतभन्दा बढी कोरोना भाइरसलाई नष्ट गर्न सक्ने देखिएको अनुसन्धानकर्ताहरुको दावी छ। उनीहरुका अनुसार घर भित्रै थुनिएर बस्ने संक्रमित भन्दा पनि घाममा बस्ने र खुल्ला ठाउँमा बसेका बसेका संक्रमित छिटो निको भएको पाइएको छ।

अमेरिकी वैज्ञानिकद्वय साग्रिपान्टी र लिट्लेले कोरोना भाइरसको संक्रमण भएपछि कोठामै थुनिने भन्दा पनि घाम आउने ठाउँमा बस्नुपर्ने बताएका छन्। विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको घरमै थुनिने उपाय झन घातक हुनसक्ने उनीहरुको चेतवानी छ। कोरोना नियन्त्रण र संक्रमितलाई निको बनाउन प्राकृतिक उपाय प्रभावकारी हुने तर्फ आफूहरुको अनुसन्धानले देखाएको उनीहरु बताउँछन्।

अमेरिकी सेनाका सेवा निवृत्त जोसे लुइस साग्रिपान्टी र अमेरिकी ड्रग एण्ड फुड एडमिनिस्ट्रेसनबाट रिटायर्ड भएका डेविड लिट्लेले यस्तो नयाँ तथ्य सार्वजनिक गरेको न्युयोर्क पोष्टले जनाएको छ।

सन् २०१९ को अन्त्यबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करोड पुग्न लागिसकेको छ। बितेको ६ महिना देखि कोरोना भाइरस बारे विभिन्न अनुसन्धान भइरहेका छन्। विभिन्न मुलुकहरुमा यस विरुद्धको खोप तयार पार्ने कार्य भइरहेको छ। कोरोना संक्रमणको उपचारमा ठोस उपलब्धि हाँसिल भइनसकेको अवस्थामा हालसालै उजागर भएको यस नयाँ तथ्यले आशा जगाएको छ।

प्रकाशित : बुधबार, असार १०, २०७७०३:४२

चाहिने भन्दा बढी बियर पिउँदा फुट्यो मूत्र थैली, कसो ज्यान गएन !