काठमाडौं उपत्यकामा थपिए २ कोरोना संक्रमित, अन्य कुन जिल्लामा कति ? [विवरण सहित]

काठमाडौँ – काठमाडौँ उपत्यकामा दुई नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्। बुधबार काठमाडौँ र भक्तपुरमा १-१ जना गरी दुई जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

बुधबार स्वास्थ्य तथ्य जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं र भक्तपुरमा २ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए। उनका अनुसार काठमाडौंमा १ जना पुरूष र भक्तपुरमा १ जना महिलामा संक्रमण पुष्टि भएको हो।

बुधबार देशभर ६ सय २९ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ६ सय २६ जनामा कोरोनाको पुष्टि भएको हो। बुधबारको नयाँ पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।

झापाका ११, सुनसरीका १, मोरङका १, सप्तरीका ६, धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका २१, अछामको २३, बैतडीका ४, बाजुराका ७, डोटीका ४८, कैलालीको १४२, कन्चनपुरका ८६, पर्वतका २, रौतहटका ४४, धादिङका २, काठमाडौंका १, चितवनका १, तनहुँका १, नवलपरासी पूर्वका ५, पाल्पाका १५, भक्तपुरका १, गोरखाका ३, कास्कीका ९, बाग्लुङका ९, लमजुङका ५, स्याङ्जाका ७, गुल्मीका ५, कपिलवस्तुका १, रुपन्देहीका १, बाँकेको ९, बर्दियाको १, दाङका ७६, प्युठानका १०, जाजरकोटाका १, सुर्खेतका १४, दैलेखका ४, कालिकोटका १ र बाजुराका १ जना सहित ६ सय २९ जनामा कोरोनाको पुष्टि भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

यस्तै बितेको २४ घण्टामा ११४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जससँगै कोरोना निको हुनेको संख्या २ हजार ३ सय ३ पुगेको छ।

प्रकाशित : बुधबार, असार १०, २०७७११:१२

“सुगौली सन्धिको मात्र कुरा गर्ने हो भने मधेशका धेरै भूभाग नेपालमा पर्दैनन्” – महन्थ ठाकुर