काठमाडौँ । सब्जीको रुपमा खाइने सलगम निकै स्वादिष्ट हुन्छ । पोषक तत्वले भरिपूर्ण रहेको सलगममा भिटामिन ए र सी ले भरिएको हरियो साग पात भित्र पर्ने चिज हो । कम क्यालोरि हुने भएकाले यसलाई तौल कम गर्न चाहनेहरुले प्रयोग गर्न सक्नेछ ।
तौल कम गर्ने अर्को विकल्पको रुपा सलगमलाई पनि लिन सकिन्छ । फाइबर युक्त यो सब्जीले पाचन क्रियालाई राम्रो गर्नुको साथै लामो समयदेखि कब्जियतको समस्या भएका व्यक्तिको लागि यसले औषधीको काम गर्छ । यसलाई हरेक दिन खानामा प्रयोग गर्ने गर्दा हार्ट अट्याक सम्बन्धि समस्या कम हुन्छ ।
सलगममा हुने भरपर फाइबरले इमुनिटी पावरलाइ बलियो बनाउछ । बारम्बार सर्दी खोकी ज्वरो आउने जस्ता समस्या रहेका छन् भने पनि सलगमलाई प्रयोग गर्न सकिन्छ । सलगममा पोषक तत्व र फ्लेवोनोइदसले भरिपूर्ण हुन्छ । हड्डी लाई पनि यसले बलियो बनाउँछ । मुटुको लागि अझ उपयुक्त रहेको छ । सलगममा क्याल्सियमको एक उत्तम स्रोत हो । जसले हड्डीको खराबीलाई कम गर्छ ।
यो कोलेस्टेरोल कम गर्नमा पनि उत्तिकै महत्वपूर्ण रहेको छ । सलगममा पित्त वा बाइलको सोस्न सक्ने क्षमता अधिक हुन्छ । खराब कोलेस्टेरोलाई नियन्त्रण गर्न विशेष भूमिका खेल्छ । यद्यपी मुटु रोगीहरुको लागि अझ उत्तम रहेको छ । उच्च रक्तचापलाई नियन्त्रण गर्छ । पोटासियमको मात्रा अत्याधिक रहेको कारण यसले धमनी फैलाउन र शरिरमा सोडियमको मात्रालाई घटाउन विशेष भूमिका खेल्छ ।

