कान समाएर उठबस गर्नु स्वास्थ्यका लागि धेरै फाइदाजनक !

काठमाडौ । के तपाईलाई सानो हुदा स्कुलमा होमवर्क नगर्दा कान समाएर उठबस गरेको याद छ ? सायद धेरै जसोलाई अझै पनि याद हुनसक्छ । तर यो चलन अझै पनि नेपालको स्कुलहरुबाट हटेको छैन् । त्यस्तै यो चलन हाम्रो छिमेकी देश भारतमा पनि रहेको छ । त्यसबेला यसको बारेमा राम्रो ज्ञान नहुदाँ कति विद्यार्थीहरु रिसाउने ,दुखी हुने पनि गरे होलान् ।

तर एक अध्ययनको अनुसार कान समाएर उठबस गर्ने विधि केवल सजाय मात्र होइन ,स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सोही अनुसार प्राचीन समयमा गुरुकुलमा सबै विद्यार्थीलाई यस्तै योगाभ्यास गराइन्थ्यो , यो उठबस पनि त्यस्तै भएको जनाएको छ । यसले हाम्रो शरिरमा विभिन्न किसिमका फाइदाहरु हुन्छ ।

हामीले उठबस गर्दा कानको तल्लो भागमा समाउदा उक्त भागमा विशेष एक्यूप्रेसर प्वाइन्ट हुन्छ । त्यसैले त्यहा समाउदा एक्यूप्रेसर प्वाइन्टमा दबाब पुगी मस्तिष्कका केही विशेष तन्त्रिकामा सक्रियता बढाउछ । त्यसपछि हाम्रो मतिष्कको कार्यदक्षता बढ्नुको साथै कसरत हुन्छ ।

त्यसैगरी कान समाएर उठबस गर्दा मेमोरी कोषिकामा रक्तप्रवाह तीव्र हुन्छ । मस्तिष्कको बायाँ र दायाँ दुवै तर्फ सक्रिय भई राम्रो काम गर्दछ । तर विदेशमा यस्तो उठबस गर्ने सजायलाई विद्यार्थीहरुले सुपर ब्रेन योगा भन्दछन् ।

यदि हामीले पनि नियमित ५० र ६० पटक उठबस गरेमा मनमा शान्ति छाउने ,एकाग्रतामा वृद्धि र स्मरण शक्ति समेत बढद्छ । तर यो सजाय भने होइन् ।

प्रकाशित : बुधबार, असार १०, २०७७१४:४१

सामान्य नहुन सक्छ हात खुट्टा निदाउने र झमझमाउने समस्या, हुन सक्छ यस्ता समस्याको संकेत !