सावधान ! शरिरमा पानीको कमी भएमा देखिन्छ यस्तो ९ लक्षणहरु , जानी राखौ

काठमाडौ । पानी हाम्रो दैनिक जीवनमा अतिआवश्यक चिज हो । पानी बिना मानव जीवनको कल्पना पनि गर्न सकिँदैन । हाम्रो शरिरको ७० प्रतिशत भाग पानीबाट बनेको हुन्छ ।पानीले हाम्रो शरिरमा भएको विषाक्त पदार्थलाई बाहिर निकालेर नयाँ उर्जा दिन्छ । तर यही पानीको हाम्रो शरिरमा कमी हुदा विभिन्न प्रकारको रोगहरु लाग्छ । त्यसैले आज हामी तपाईलाई हाम्रो शरिरमा पानीको कमी हुदा कस्ता कस्ता लक्षणहरु देखिन्छ भन्ने बताउदै छौ । हेरौ

-पहिलो लक्षण भनेको शरिरमा पानीको कमी भएमा टाउको दुख्छ ।

-दोस्रोमा केही खानसाथ वा पटक पटक भोक लाग्छ ।यदि तपाईमा पनि यस्तो समस्या आएमा प्रशस्त पानी पिउनुपर्छ ।

-तेस्रोमा यदि शरिरमा पानीको कमी भएमा धेरै थकान महसुस हुने र काममा ध्यान जादैन् ।

-चौथोमा शरिरको छाला सुख्खा हुने ,बारम्बार ओठ फुट्ने लक्षणहरु देखा पर्दछ ।

-पाचौमा यदि पानीको कमी भएमा पिसाब अरुबेलाको भन्दा धेरै पहेँलो देखिन्छ ।

-छैटौमा शरिरमा पानीको कमी भएमा एसिडिटी बढने, कब्जियत हुने समस्या देखा पर्दछ ।

-सातौमा मुटुको धडकन अचानक बढ्ने , चक्क्र लाग्ने ,अचानक डराउने र निन्द्रा नलाग्ने जस्तो लक्षणहरु पनि देखिन्छ ।

-आठौमा यदि शरिरका पानीको कमी भएमा मुख सुख्खा हुने ,सास गनाउने समस्याहरु देखा पर्छ । त्यसैले यस्तो अवस्थामा तत्काल पानी पिउनुपर्छ ।

-नवौमा मांसपेशी वा जोर्नीमा दुख्ने समस्या पनि पानीकै कमीले गर्दा भएको हो ।

प्रकाशित : बुधबार, असार १०, २०७७१५:३६

के पिल्स खाँदा महिलाको तौल बढ्छ ? यस्तो छ वास्तविकता !