कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु !

सांकेतिक तस्विर

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ। बिहिबार ललितपुर स्थित पाटन अस्पतालमा एक कोरोना भाइरस संक्रमितको ज्यान गएको हो।

ज्यान गुमाउनेमा चितवन स्थायी घर भएका ५० वर्षीय पुरुष रहेका छन्। कोरोना पुष्टि पश्चात पाटन अस्पतालको आसोलेसनमा उपचाररत उनको ज्यान गएको बताइएको छ।

बताइएअनुसार, ज्यान गुमाउने व्यक्तिको केही महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएका थियो। यससँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नेपालमा २६ पुगेको छ।

यस अगाडी बुधबार बेलुका पोखरामा एक कोरोना संक्रमितको ज्यान गएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कोरोना संक्रमितले ज्यान गुमाएका थिए।

ज्यान गुमाउनेमा स्याङजा सिरुवारी निवासी ५५ वर्षीय पुरुष रहेका छन्। गत असार ८ गते उपचारका लागि अस्पताल भर्ना गरिएको ती व्यक्ति निमोनिया र मधुमेयबाट पीडित भएकाले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको बताइएको छ। कोभिड–१९ पोजेटिभ भइ उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने उनी दोस्रा व्यक्ति हुन्।

उनको शवको व्यवस्थापन बिहिबार दिउँसो नेपाली सेनाको टोलिले गरिसकेको छ।

प्रकाशित : बिहिबार, असार ११, २०७७०८:४१

तीन महीनादेखि थन्किदा सार्वजनिक यातायातका सवारी साधनका पार्टपुर्जा बिग्रन थाले