काठमाडौँ उपत्यकाका फेरी थपिए ९ जना कोरोना संक्रमित !

काठमाडौँ – काठमाडौँ उपत्यकामा ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। बिहिबार उपत्यकाका तीनै जिल्लामा गरी ९ जनामा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

गौतमका अनुसार बिहिबार काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमणको पुष्टि भएको छ।

बिहिबार देशभर ४ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। बिहिबार कोरोनाको पुष्टि हुनेहरुमा ४८ महिला र ३८६ पुरुष रहेका छन्। यससँगै १ हजार १ सय ४२ महिला र १० हजार २० पुरुष गरी नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका ३ सय १२ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। बिहिबार डिस्चार्ज हुनेहरुमा १९ जना महिला र २९३ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ६ सय ५० पुगेको छ। अहिले सम्म २ हजार ४ सय ३४ जना पुरुष र २ सय १६ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ६ हजार ५ सय ४३ पिसिआर परीक्षण र ४ हजार १ सय ६७ आरडीटि परीक्षण भएको छ।

क्वारेन्टाइनमा ७४ हजार २२ र आइसोलेसनमा ८ हजार ४ सय ८६ जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : बिहिबार, असार ११, २०७७११:०७

“निजी स्कुलका शिक्षक बाँच्ने अवस्था रहेन‚ राहत दिऔं”