“जहिल्यै भारतसँग रोटी–बेटीको सम्बन्ध छ भनेर अल्झिने ? माथि उठ्ने बेला भएन ?” – बसन्त चौधरी

काठमाडौँ – अहिले देशमा वैवाहिक अङ्गीकृत नागरिकलाई दिइने नागरिकता बारे बहस चलिरहेको छ। विदेशी बुहारीलाई ७ वर्ष पछि मात्रै नागरिकता दिने गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ अगाडी बढाइसकेको छ।

सरकारले अगाडी बढाएको यस विधेयकको मधेश केन्द्रित जनता समाजवादी र कांग्रेसले विरोध गरिरहेका छन्। सरकारले भारतसँगको भौगोलिक, सांस्कृतिक सम्बन्ध बिगार्न खोजेको कांग्रेस र जसपाका नेताहरुले आरोप लगाउँदै आएका छन्। ‘रोटि-बेटी’को सम्बन्ध बिगार्ने गरी ल्याइएको उक्त विधेयक विरुद्ध जसपाले आन्दोलनको घोषणा पनि गरेको छ। नेपाललाई भारत बीचको रहेको ‘रोटि-बेटी’को सम्बन्ध नबिगार्न मधेशवादी दलहेरुको चेतावनी छ।

यसै बीच नेपाल र भारतको सम्बन्धलाई ‘रोटि-बेटी’को सम्बन्धको उपमा दिएर सधै व्याख्या गरिएको प्रति साहित्यकार तथा उद्यमी बसन्त चौधरी भने असन्तुष्टि पोख्छन्। सधै नेपाल र भारतको सम्बन्धलाई ‘रोटी-बेटी’को सम्बन्धको रुपमा दुहाईरहन नहुने उनको बुझाई छ।

भारत बाहेक अन्य देशमा मात्र लाखौं युवा ‘रोटी’ कमाउने र विकसित देशमा रहनेले त्यहीँकै ‘बेटी’ बिहे गर्ने हुँदा सधै घरि-घरि ‘रोटी-बेटी’को सम्बन्ध भनिरहन उचित नहुने उनी बताउँछन्।

“नेपाल–भारत सम्बन्धको कुरा हुँदा सधैँ ‘रोटी–बेटी’को सम्बन्धको दुहाई दिइने गरिन्छ । अहिले ६०–७० लाख नेपाली भारतबाहेक विदेशमा ‘रोटी’ कमाउँछन् र विकसित देशकाले त त्यहीँकै ‘बेटी’ बिहे गर्छन् । आपसी सम्बन्धको कुरा गर्दा अब रोटी–बेटीको नाराबाट माथी उठ्ने समय भएन र भन्या ?”,ट्वीटरमा उनले लेखेका छन्।

प्रकाशित : बिहिबार, असार ११, २०७७१४:४४

रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म शक्तिमा रहन पाउने