काठमाडौँ – काठमाडौँको मध्य बानेश्वरको मुख्य सडक भासिएको छ । लगातार वर्षा भइरहेकाबीच मध्य बानेश्वरको मुख्य सडक प्वाल परेको हो।
बुधबार राति एक्कासी परेको उक्त प्वाल घेरा हालीएको छ। गाडी नै छिर्ने जत्रो सडकमा प्वाल परेपछि सो क्षेत्रको आवागमनमा समस्या भएको छ । अहिले सो प्वाल भएको ठाउँमा एकातिरबाट दुई पाङ्ग्रे र अर्कोतिरबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याइएको छ । स्थानीयहरुका अनुसार बुधबार राति ११ बजे सडकमा एकाएक ठूलो भ्वाङ परेको हो।
भासिएको ठाउँमा खानेपानी तथा ढलको ठूलो पाइप रहेको र ती पाइपबाट पानी चुहिन गई तलको माटो बगाउँदा ठूलो भ्वाङसहित सडक भासिएकोसडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले बताएका छन्।
उनका अनुसार फुटेको पाइप मर्मत गर्न खानेपानी र ढल व्यवस्थापन कार्यालयमा परिपत्र भइसकेको छ। पाइप मर्मत लगत्तै सडक मर्मतको काम हुने उनले बताए।
भ्वाङ परेको ठाउँमा दुर्घटना हुन सक्ने भन्दै निरन्तर ट्राफिक प्रहरी खटाइएको छ।