हालमै बल बिष्फोट, दुवै हातका औंला गुमे !

काठमाडौँ – बिहिबार राति घरमै राखेको बम बिष्फोट हुँदा एक घाइते भएका छन्। घरमा लुकाई राखेको बम फिष्फोट हुँदा इलाममा एक घाइते भएका हुन्।

घाइते हुनेमा इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठका छोरा मौषम श्रेष्ठ रहेका छन्। द्वन्द्वकालका समयदेखि दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको सकेट बम उनका २५ बर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको बताइएको छ।

उनले खेलाउदै गरेको बम बिष्फोट हुँदा मौषका दुवै हातका औंला चुडीएको छ। इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहक अनुसार उनको आँखामा पनि चोट लागेको छ।

घाइते भएका उनलाई झापाको बीएन्डसी अस्पताल लगिएको छ । काठमाडौंमा फर्निचरको काम गर्दै आएका मौषम लकडाउनका पछि घर पुगेको प्रहरीले जनाएको छ । उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको हुन सक्ने प्रहरी अनुमान छ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७०२:३३

मालिकामा ‘गाउँमै कमाउने, गाउँमै रमाउने’ अभियान