एमसीसीको विपक्षमा सरिता गिरी: भन्छिन् – “दक्षिण एसियाकै शान्ति खलबलिन्छ”

काठमाडौँ – नेपाली राजनीतिमा सरिता गिरी एक विवादित नाम हो। विभिन्न समयमा उनले खेलेका भूमिका र दिने अभिव्यक्तिले उनलाई विवादित बनाउने गरेको छ।

नेपालमा रहेर भारतको पक्षमा ओकालत गर्ने आरोप समेत लागेकी उनी पछिल्लो समय कालापानी-लिपुलेक लगायतका क्षेत्र नेपालको भन्ने प्रमाण छैन भनेर विवादमा परेकी थिइन्। नयाँ नक्सा संविधानमै समावेश गर्न संविधान संशोधन विरुद्ध नै संशोधन दर्ता गराएपछि उनको आलोचना झनै बढेको थियो। विदेशी बुहारीलाई ७ वर्ष पछि मात्रै नागरिकता दिने प्रावधान सहित ल्याउन लागिएको नागरिकता ऐन बारे उनको दिएको अभिव्यक्ति झनै विवादित भएको थियो।

गिरीले नागरिकता ऐन बारे अभिव्यक्ति दिँदै भारतकै कारण मधेश सुरक्षित रहेको बताउँदै नागरिकताको नाममा मधेश र भारत बीचको सम्बन्ध बिगार्न नहुने बताएकी थिइन्।

आलोचित भइरहेकैन् बीच गिरीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएकी छन्। नेपालमा एमसीसी अनुमोदन गर्न नहुने चर्को माग उठिरहेका बीच गिरीले एमसीसीको विपक्षमा प्रतिक्रिया दिनुलाई महत्वका साथ हेरिएको छ।

एमसीसी जस्ताको तस्तै अनुमोदन गर्न नहुने उनको बुझाई छ। एमसीसीले नेपालमा मात्र नभई दक्षिण एसियाकै शान्ति र सुरक्षा खलबलिने उनी बताउँछिन्।

“म एमसीसीलेको हालको विधेयकको विरुद्धमा छु । यो विधेयक संशोधित भएर आउनु पर्दछ। हालको विधेयकले नेपालमा मात्र अस्थिरता आउने छैन , दक्षिण एशियाको शांति र सुरक्षा समेत यस बाट खलबलिने सम्भावना देखा परी रहेको छ।”,ट्वीटरमा उनले लेखेकी छन्।

यस्तै अर्को एक ट्वीटमा उनले एमसीसी पारित भएमा चीन, भारत र पाकिस्तान बीच द्वन्द हुने पनि बताएकी छन्। उक्त द्वन्दले नेपाललाई पनि असर पार्ने हुँदा आफू एमसीसीको विपक्षमा रहेको उनको भनाई छ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७०८:२२

घाँस काट्न जान्छु भनी घरबाट निक्लिएका डिल्लीबहादुरको पहिरामा शव फेला !