भुटानले किन रोकिदियो भारत तर्फ जाने पानी ?

काठमाडौँ – कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतमा क्षेत्र कब्जा गरेको भारतको अहिले आफ्ना छिमेकिहरुसँग सम्बन्ध बिग्रिरहेको छ। सीमा विवादलाई लिएर चीनसँग त भारतको आमने-सामने नै भैसकेको छ। यसै बीच भारतको भुटानसँग पनि सम्बन्ध बिग्रिएको खबर आएको छ।

भुटानको भारतसँग धेरै नै सुमधुर सम्बन्ध रहिआएको बताउने गरिएता पनि अहिले आएर भने सम्बन्ध बिग्रिएको बताइन्छ। विवाद बढेकै कारण भुटानले भारततिर आउने पानी रोकिदिएको बताइएको छ।

भारत असामको बक्शा जिल्लामा आउने पानी भुटानले रोकिदिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। भुटानले पानी रोकिदिएकै कारण असाममा पानीको हाहाकार नै भएको भारतीय संचार माध्यमहरु बताउँछन्।

भुटानले पानी रोकेपछि पानी अभाव भएकै कारण केहि दिन अगाडी असामका किसानहरुले प्रदर्शन नै गरेका थिए । प्रदर्शनका कारण रोंगिया–भुटान सडकमा घन्टौंसम्म जाम भएको थियो। भुटानसँगको सम्बन्ध यथाशीघ्र समाधान गर्न माग गरेका छन्।

भारतीय संचार माध्यमहरुका अनुसार बक्शा जिल्लामा रहेका २५ वटा गाउँमा ६ हजारभन्दा बढी किसान खेतीका लागि भुटानबाट आउने पानीमा निर्भर छन् ।

भुटानले पानी रोकिएको विषयमा स्पष्ट पारेको छैन। पानी रोक्नुको कारण नदेखाएकै कारण भारत र भुटानसँग सम्बन्ध बिग्रिएको हो की भन्ने अनुमान गरिएको छ। तर, भारतले भने भुटानसँग कुनै पनि समस्या नरहेको र अन्य कारणले गर्दा पानी रोकिएको हुन सक्ने बताएको छ।

उता भुटानले पनि आफूहरु बीच कुनै पनि समस्या नरहेको बताएको छ। भुटानका अनुसार अन्य प्राविधिक समस्याले पानी रोकिन गएको हो।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१०:१४

आज ५ सय ९३ जनामा कोरोनाको पुष्टि !