दुर्लभ रोगबाट ग्रसित भए यी बालकहरु, अरु भन्दा भिन्न देखिए !

संसारमा विभिन्न प्रकारका मानिसहरु पाइने गर्छन्। स्वास्थ्यको कुरा गर्ने हो भने,सबै जना स्वस्थ रहन्छन् भन्ने छैन। रोगले न त धनीलाई छोड्छ न त गरीबलाई। रोगहरुको उपचार पत्ता लगाउनको लागि डाक्टरहरुले धेरै मिहिनेत गर्ने गर्छन्। तर केहि यस्ता योग पनि रहेका हुन्छन् जसलाई उपचार गर्न प्राय असम्भावनै रहने गर्छ। आज हामी केहि येस्तै केहि दुर्लभ रोग लागेका बच्चाहरुको बारेमा चर्चा गर्ने छौ, जसका कारण अरु भन्दा अलग देखिन वाध्य भए।

शार्लेट गार्ससाइड


बेलायतमा रहने यस बच्ची दुनियाकि सबै भन्दा सानी बच्ची रहेकी छिन्। मात्रै २७ इन्च उचाई भएकी उनि तौलमा मात्रै ४ केजी मात्रै रहेकी छिन्। हेर्दा नवजात शिशु जस्तै देखिने भएता पनि उनि स्कुल पनि जाने गर्छिन्।

मोहम्मद कलीम


मोहम्मद कलीम भारतका निवासी रहेका छन्। यस बालकको हात शरीरको तुलनामा धेरैनै ठुलो रहेको छ। जब उनि ८ वर्षको थिए त्यस समयमा उनको हात मात्रै ८ केजी रहेको थियो। तर २०१५मा उनको हातको सर्जरी गराइयो,त्यस समय पछि उनि अहिले आफ्नै हातबाट खान-पिन गर्न समेत सक्ने भएका छन्।

सिमन, जर्ज कूलन


यी दुई दाजु भाइहरुलाई एउटी रोग लागेको छ। यी दुई भाइहरु घाममा निस्कने बितिकै छाला बिग्रन शुरु हुन्छ। साथै दात पनि धेरै कम रहेका छन्। बाहिर निस्किने समयमा चस्मा,टोपी साथै सुर्य प्रतिरोधात्मक क्रिम लगाएर मात्रै निस्किने गर्छन्।

निहाल बित्रा


मुम्बईमा रहने निहाल बित्रा धेरै बुढो हुने रोग लागेको छ। सामान्य व्यक्तिको तुलनामा उनको उमेर ८ गुणाले बढी रहेको छ। १५ सालको उमेरमा उनि १२० सालको बृद्ध जस्तै देखिने गर्थे। तर उनि २०१६ मा बिते पछि उनको बारेमा खासै अनुसन्धान हुन पाएन।

फू वेन्गुई


बेइजिंगमा बस्ने यी बालकको गर्दन अन्य व्यक्तिको तुलनामा धेरै ठुलो साथै लामो रहेको छ। सामान्य व्यक्तिको गर्दनमा मात्रै ७ वटा हड्डी हुने भएता पनि उनको गर्दनमा भने १० वटा हड्डी रहेका छन्। यसकारण उनले धेरै दुख झेल्नु परेको बताउने गर्छन्।

हियोमिंग शिन


यी व्यक्ति दक्षिण कोरियाको निवासी एक २६ बर्षीय युवक हुन्। तर उनि अहिले पनि एक किशोर जस्तै देखिने गर्छन्। उनलाई एक दुर्लभ रोग लागेको कारण उनको शरीरक बिकाश धेरै ढिलो भएको छ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१३:२६

जब छोराले सौतेनी आमा भगाएर पितालाई नै सौता बनाइदिए…