यी चार राशिका मानिससँग ‘पंगा’ नलिएकै राम्रो, कुनै पनि हालतमा सहँदैनन् धोका !

जो मानिसले आफ्नो जीवनमा धोका पाएको छ, उसलाई थाह हुन्छ कि धोका पाउनुको पिडा कस्तो हुन्छ भनेर । त्यसमाथि ,जब  धोका कसैले आफ्नै मान्छेद्वारा हुन्छ, तब मानसिक अवस्था झन् खराब हुन्छ।  तर यो पनि  सत्य हो कि धोका पाएपछि हरेक मनिसको प्रतिक्रियाहरू पनि फरक हुन्छन्। केहि मानिसहरु सजिलै धोका पाएको जस्तो चीज भुलेर जीवनमा अगाडि बढ्छन्, केहि मानिसहरु हृदयमा यसलाई लिएर बस्छन्, जो धेरै संवेदनशील मानिसहरु डिप्रेसनको पासोमा पर्छन्, जबकि केहि मानिसहरु बदलाको  भावना लिएर बसेका हुन्छन्। यस्ता मानिस आफ्नो सबै भन्दा माया गर्ने मानिस होस् या सबै भन्दा विश्वास गर्ने मानिस होस् एक पल्ट धोका पाएपछि सहेर बस्दैनन् । उनीहरुमा बदलाको भावना हुन्छ ।

आज हामी त्यस्ता व्यक्तिहरूको बारेमा बताउछौँ  जसलाई धोखा दिनु तपाईका लागि हानिकारक हुन सक्छ। ज्योतिषका अनुसार १२ राशि चिन्हहरूमध्ये ४ राशिका व्यक्तिले कहिल्यै पनि धोखा दिने व्यक्तिलाई माफ गर्दैनन्। यदि तपाईंले उनीहरूलाई धोका दिनुभयो भने, बुझ्नुहोस् कि तपाईंले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गर्नुभयो।

वृष  राशि 

वृष राशिका जातकले सजिलै कसैलाई विश्वास गर्दैनन् , न त उनीहरूले आफ्ना भावनाहरू अरुसँग बाँढ्छन् । उनीहरू कसैलाई ठूलो कठिनाईको साथ विश्वास गर्छन् र जब ती व्यक्तिले उनीहरूलाई धोका दिन्छन्, तब उनीहरूको मुटुलाई कति चोट पुग्छ भनेर बुझ्न सकिन्छ । यदि तपाईंले वृष राशिको मानिसलाई  चोट पुर्याउनुभएको छ भने तपाईं खतराको छायाँमा आउनु भयो भनेर बुझ्नुहोस् । उनीहरु तपाईंसँग बदला लिन तयार हुन्छन् र त्यो बदला त्यस्तो  हुनेछ जुन तपाईंले कहिल्यै बिर्सिन सक्नु हुन्न ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरू धेरै संवेदनशील हुन्छन्, तिनीहरू सजिलैसँग जुनै पनि कुरा आफ्नो मनमा  लिन्छन्। तसर्थ, वृश्चिक राशिको मानिसलाई धोका दिनु तपाईंको लागि खतरनाक  हुन सक्छ। उनीहरू मनमा धोखा दिएको कुरा लिन्छन् र  बदला लिनु अघि यस घटनालाई भुल्दैनन्। उनीहरु बदला लिने प्रतीक्षामा हुन्छन् जबसम्म सही अवसर पाउँदैनन् ।

मकर राशि

मकर राशिका मानिसले आफूले पाएको धोकालाई बिर्सन हर प्रयास गर्दछन्, तर त्यसो गर्न सम्भव हुँदैन । उनीहरुले आफ्नो दिमाग त्यो कुरबाट  टाडा राख्न खोज्छन् ,  तर पनि  त्यो घटना उनीहरुको दिमागबाट बाहिर निकाल्न सक्दैनन् । हुनसक्छ उनीहरू धोका दिएको व्यक्तिले माफी मागेको सुन्न चाहन्छन्। जब सम्म ती व्यक्ति तिनीहरूको गल्तीको लागि माफी माग्दैनन् तब सम्म तिनीहरूले मानसिक शान्ति पाउँदैनन्।

कुम्भ राशि  

यदि तपाईंले कुम्भ राशिको व्यक्तिलाई धोका दिनु भएको छ भने भविष्यमा तपाईंले यसको नराम्रो परिणाम भोग्नु पर्ने हुन सक्छ। कुम्भ राशिका मानिसहरूले धोखाको कारण बुझ्दछन् तर उनीहरूलाई धोका दिने व्यक्तिलाई कहिले पनि क्षमा गर्दैनन् । उनीहरू चुपचाप आफ्नो काम गर्छन्, उनीहरू चुपचाप र शान्तपूर्वक आफ्नो काम गर्दै जान्छन्,तपाईंलाई कहिले थाहा हुन्नकि उनीहरूको दिमागमा के चलिरहेको छ । र अन्तत उनीहरु आफूलाई धोका दिएका मानिससँग बदला लिएर मात्र शान्त हुन्छन् ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१४:४९

धनकी देवी लक्ष्मीको वाहन उल्लूको बारेमा थाहा नहुनसक्छ यी रहस्यमय तथ्यहरु !