वजन कम गर्नु अघि बिर्सिएर पनि नगर्नुहोस् यस्ता गल्ती, हुन सक्छ घातक !

यदि तपाई पनि ती व्यक्तिहरु मध्ये हुनुहुन्छ, जो तौल घटाउने योजना गर्दै हुनुहुन्छ भने, यस बीच केही गल्तीहरु गर्नबाट बच्नुहोला। तौल गुमाउनु अघि, पोषण विशेषज्ञलाई भेट्नु र विशेषज्ञले भनेको अनुसार नै सन्तुलित ढंगले डाइटको योजना बनाउनु निकै आवश्यक हुन्छ। त्यसपछि मात्र आफ्नो वजन केही हदसम्म कम गर्न सकिनेछ।

धेरै पटक यस्तो पनि देखिएको छ कि, मानिसहरु वजन घटाउने प्रक्रियामा आफूलाई नै डाक्टर सोच्दछन् र आफ्नो तरिकाले नै खाना खाने गर्दछन्। तर, यसो गर्नाले पछि पछुताउनु पर्ने हुनसक्छ।

एक रिपोर्टले खुलासा गरेको अनुसार, वजन घटाउनका लागि डाइटको योजना बनाउन सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यसो गर्नाले तपाइहरुलाई के खाने र के नखाने भन्ने कुरा थाहा हुन्छ। साथै, अहिलेसम्म कति क्यालोरी लिनुभयो र वास्तवमा कति क्यालोरीहरु लिनु पर्छ भन्ने पनि थाहा हुन्छ।

कहिले काही, केहि व्यक्तिहरुले तौल घटाउने प्रक्रियामा खाना खान पनि छोड्ने गरेको देखिन्छ, जबकि यस्तो कहिले पनि गर्नुहुदैन। धेरै व्यक्तिहरु यस्ता पनि छन् जो दिनमा तीन पटकसम्म खाना खादछन्, तर वजन घटाउने चक्करमा मात्रै एक पटक खाना खाने गर्दछन्। जुन स्वास्थ्यको लागि सबैभन्दा खराब कुरा हो।

वजन घटाउने व्यक्तिले कहिल्यै प्रोटीन भने छोड्नु हुँदैन। किनभने, जब मानिसहरु तौल घटाउनका लागि खाना छोड्छन्, तब ती व्यक्तिको रगतमा शुगरको स्तर निकै कम हुने गर्दछ। जसको कारण मानिसहरु चाँडै थाक्ने तथा अल्छी महसुस् गर्ने समस्याहरु देखा पर्छ। त्यसकारण वजन घटाउँदा पनि प्रोटिन निकै आवस्य हुन्छ।

आजकाल, प्रायः मानिसहरु आफ्नो मोटोपनका कारण निकै गुनासो गरिरहेको देखिन्छ। अनियमित जीवनशैली र खानपानको कारण, मोटोपनाले हाम्रो शरीरलाई पूर्ण रुपमा नष्ट गरिरहेको छ। मोटोपनाबाट छुट्कारा पाउनका लागि सबैभन्दा पहिले हामीले हाम्रो खानपानलाई ध्यान दिन आवश्यक छ। त्यस पछी मात्रै, यस बढ्दो मोटोपनाबाट बच्न सकिन्छ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१५:११

बच्चा कहिले जन्माउने साेच्दै हुनुहुन्छ ? उपयुक्त उमेर जानी राख्नुहोस् !