धनकी देवी लक्ष्मीको वाहन उल्लूको बारेमा थाहा नहुनसक्छ यी रहस्यमय तथ्यहरु !

हिन्दू धर्म अनुसार उल्लूलाई धनकी देवी लक्ष्मीको वहन भनेर चिनिने गरिन्छ। उल्लूमा रहेका धेरै रहस्यहरु अहिले पनि कुनै मानवले पत्ता लगाउन सकेका छैनन्। आज हामी तपाईहरुलाई उल्लूका केही विशेष रहस्यहरु बताउन जाँदै छौँ जुन सुन्दा तपाई अचम्मित हुनुहुनेछ।

१.लक्ष्मीको वहन मानिने उल्लू अंटार्टिका बाहेक संसारका हरेक देशहरुमा सजिलै पाउन सकिन्छ। एक जानकारीका अनुसार विश्वमा उल्लूका २२० भन्दा बढी प्रजातिहरु पाईने गर्छ।

२. अधिकांमस उल्लूका प्राजतिहरु एशिया महादिपमा पाउन सकिन्छ। दिउँसभन्दा रातको समयमा मात्र आँखा देख्न सक्ने यस पन्छीको खास विशेषता हो। उल्लूमा रातको समयमा बढी आँखा देख्ने क्षमत रहेको हुन्छ।

३. उल्लूको सुन्ने शक्ति समेत अरु पन्छीको भन्दा धेरै हुने भएकाले सजिलै शिकार गर्ने गर्छ। यसले आकाशमा उडेको बेलामा समेत आफ्नो जमिनको शिकार हलचल गरेको पत्ता लगाउन सक्छ। लक्ष्मीको वहन भनेर चिनिने उल्लूले आफ्नो टाउको वा गर्दन २७० डिग्री सम्म सजिलै घुमाउन सक्छ।

४. उल्लू एक बुद्धिमान पन्छीको रुपमा समेत चिनिने गर्छ। प्राचिन ग्रिक इतिहासका अनुसार ज्ञानकी देवी एथेन उल्लूको रुप धारण गरि पृथ्वीमा आएको उल्लेख गरिएको छ।

५. उल्लूले धेरै टाढासम्मको वस्तु पनि सजिलै देख्न सक्छ तर यसको आँखा भने सधैँ धमिलो देखिन्छ । यसले आफ्नो आँखा भने घुमाउन सक्दैन।

६.उल्लू आफ्नो आहाराको लागि मुसा उत्तम मान्ने गर्छ र यसले एक वर्षमा लगभग १००० मुसा खाने गरेको बुझिएको छ। केही
किसानहरुले घरमा मुसा लाग्ने डर उल्लू पाल्ने गरेको समेत देख्न सकिन्छ।

७.भारतमा दिपावलीको समयमा उल्लू देख्नु अत्यन्तै शुभ मानिन्छ भने चीनमा यसलाई छिमेकका कुनै मान्छे मर्ने संकेतको रुपमा बुझ्ने गरिन्छ। यसैगरि अफ्रिकामा यसलाई आफ्नै मृत्यु सूचक मान्ने गरिन्छ।

८. उल्लू विश्वको पुरानो जीवहरु मध्यमा गनिने गर्छ र यसको लगभग ६ करोड साल पुरानो अवशेष फेला पारि पुष्टि समेत गरिएको छ।

प्रकाशित : शनिबार, असार १३, २०७७१६:३६

यी ६ काम गर्नेलाई मिल्दैन लक्ष्मी माताको साथ !