हरेक पाइलामा झुट बोल्छन् यी राशि भएका व्यक्तिहरु!

काठमाडौँ,१३ मंसिर । एक असल मानिस पनि झुट बोल्ने बानीको कारण खराब व्यक्तिमा गनिने गर्छन् । झुट बोल्न व्यक्तिले आफ्नो स्वार्थको लागि झुट बोल्ने गर्छन् । राशीले हरेक मानिसको व्यक्तित्व बारे बताउने गर्छ । ज्योतिष शास्त्र अनुसार झुट बोल्न चलाख राशीको बारेमा जानकारी दिन गइरहेका छौँ ।

मेष राशी  : मेष राशी भएका वयक्तिहरु स्पष्ट व्यवहार गर्न रुचाउँछन् । यो राशी भएका व्यक्ति खासै झुट बोल्दैनन् । यस राशीका व्यक्तिहरु अरुले आफुसँग झुट व्यवहार गर्न लागेको पनि सजिलै थाहा पाउने गर्छन् ।

बृष राशी :  जिद्दी स्वभाव भएका व्यक्तिहरु आफुलाई मन पर्ने चिज लिनको लागि सानो तिनो कुरामा पनि झुट बोल्ने गर्छन् ।

मिथुन राशी :  यो राशी भएका मानिसहरु अरुको अगाडी आफु राम्रो बन्न झुट बोल्ने गर्छन् । आफ्नो रुचिमा स्थिर रहने भएकाले यो राशी भएका व्यक्तिहरु पाइला झुट बोल्ने गर्छन् ।

कर्कट राशि :  इमान्दार स्वभावका यी राशीका मानिसहरु अरुले के सोच्छन् भन्ने कुरामा विशेष ख्याल पुर्याउने गर्छन् । उनीहरु आफ्नो लागि भन्दा पनि अन्य व्यक्तिको फाइदाको लागि झुट बोल्ने गर्छन् ।

सिंह राशि :  अन्य व्यक्तिको अगाडी आफ्नो प्रस्तुती राम्रो रहोस् भन्ने चाहना भएका यो राशीका मानिसहरु धेरै अगाडी रहेका हुन्छन् । उनीहरु झुट बोले पनि सत्य जस्तो देखिन्छन् ।

कन्या राशि  : यो राशी भएका व्यक्तिहरु झुट बोल्न मन पराउँदैनन् । अप्ठ्यारो परिस्थितीलाई बुझेर मात्र सानो तिनो कुरामा झुट बोल्ने गर्छन् ।

तुला राशि :  यो राशी भएका व्यक्तिहरु हरेक समस्यालाई कुटनितिक तरिकाले सुल्झाउने गर्छन् । परि आएको खण्डमा झुट बोल्न खप्पिस रहेको यो राशीका मानिसहरु झुट लुकाउन खप्पिस हुन्छन् ।

वृश्चिक राशि  : यो राशी भएका व्यक्ति झुट बोल्ने कुरामा निकै अगाडी रहेका हुन्छन् । उनीहरु झुट सावित भएपनि खासै लजाउँदैनन् ।

धनु राशि  : यो राशी भएका व्यक्तिहरु झुट बाल्ने कुरामा धेरै डराउने गर्छन् । उनीहरु आफ्नो लागि हैन् साथीको लागि चाही झुठ बोल्ने गर्छन् ।

मिथुन राशि :  झुट बोल्ने कार्यलाई सधै घृणा गर्छन् । उनीहरु सामान्य गल्तीलाई सजिलै आत्मासाथ गर्ने गर्छन् । त्यसकारण उनीहरु भुट बोले कुरामा टाढा रहेका हुन्छन् ।

कुम्भ राशि  : आफ्नै तरिकाले रमाइलो गर्ने यो राशीका मानिसहरु ठट्टा गर्न सिपालु रहेका हुन्छन् । उनीहरु आफ्ना लागि सजिलै झुट बोल्छन् ।

मीन राशि :  यो राशीका मानिसहरु धेरै नै कम बोल्ने भएकाले झुट बोल्न डराउँछन् । तर अरुको भलाईको लागि चाही सामान्य कुरामा झुट बोल्ने गर्छन्् ।

प्रकाशित : शनिबार, असार १३, २०७७१६:५०

शरिरको यी ६ अंग ठूला हुने महिलाहरु हुन्छन् निकै धनवान र भाग्यमानी !