काठमाडौँ – आइतबार सुनको मूल्यले एतिहासिक रेकर्ड बनाएको छ। आइतबार सुनको भाउ प्रति तोलामा ७ सय रूपैयाँ बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो।
आइतबार सुनको भाउ ७ सय रूपैयाँले बढेर फेरि प्रतितोला ९१ हजारभन्दा माथि पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हाल सम्मकै महँगो मूल्य हो।
महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३ सय रूपैयाँ तोकिएको छ। यस अगाडी शुक्रबार छापावाल सुनको मूल्य तोला ९० हजार ६ सय रूपैयाँ थियो।
यस्तै आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रूपैयाँ तोकिएको छ। शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ६० थियो।
आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर प्रतितोला ९४५ रूपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय ४० थियो।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ।