काठमाडौँ उपत्यका सम्मै आइपुग्यो सलह !

काठमाडौँ – शुक्रबार रातिबाट नेपाल प्रवेश गरेको सलक किरा काठमाडौँ उपत्यकामा समेत आईपुगेको छ। विज्ञहरुले सलक किरा काठमाडौं उपत्यका समेत प्रवेश गरेको बताएका छन् । बताइएअनुसार, सलह लतिपुरमा देखिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलह प्रवेश गरेको विज्ञहरुको भनाई छ। नेपालमा मनसुन शुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तन (खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तन)ले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने अनुमान गरिएको छ।

मौसम विभागका विज्ञहरुका अनुसार हावाको गति अबको केही दिन दक्षिणबाट उत्तर तिर मोडिने भएकाले सलहका थप झुण्डहरु आउँदो एक–दुई दिनमा भित्रन सक्ने सम्भावना रहेको छ। मनसुनका बेला पानी परिरहेको र सलहको झुण्ड कम देखिएकाले नआतिन विज्ञहरुको सुझाव छ।

नेपालमा वयस्क र बच्चाको समूहमा सलह प्रवेश गरेका छन्। सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने अनुमान गरिएको छ। वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने विज्ञहरु बताउँछन्।

करोडौंको संख्यामा आएर बालि-नाली नष्ट गर्ने सलह नेपालमा भने २-४ लाखको समूह मात्र प्रवेश गरेको बताइएको छ। सानो झुण्ड मात्र प्रवेश गरेको हुँदा नियन्त्रण गर्न सकिने विज्ञहरुको भनाई छ।

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ ।

प्रकाशित : आइतबार, असार १४, २०७७०७:४२

क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउँदै !