“म हटे भने नेपालका पक्षमा बोल्न सक्ने कोहि छैन, नेपाली भूमि फिर्ता नगरी हट्दिन” – ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अवस्थामा राजिनामा दिने पक्षमा नरहेको उनले स्पष्ट पारेका छन्। उनले चाहेर पनि आफूले प्रधानमन्त्रीबाट राजिनामा दिन नसक्ने उनले स्पष्ट पारे।

आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए। उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म आफू पछि नहट्ने उनले स्पष्ट पारे।

“मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि।”,उनले भने।

प्रधानमन्त्री ओलीले काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन भारतले तानाबाना बुनिरहेको विषय आफूलाई थाहा भएको बताए। ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न भारतलाई चेतवानी समेत दिए।

“नेपालको यति राष्ट्रियता त्यति कमजोर छैन, नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्छ भने, त्यो नसोचे हुन्छ । कोशिश गर्न सक्छन् । कसैले हतार नगरे पनि हुन्छ । विभिन्न आग्रह नपाले पनि हुन्छ”,उनले भने। पार्टी भित्रबाट पनि आफ्नो राजिनामा बारे कुनै पनि कुरा नआएको उनले बताए।

“हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन। यति कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन।”,उनले भने। अतिक्रमित भूमि समेटेर नयाँ नक्सा प्रकाशित गरिसकेको बिन्दुबाट सरकार कुनैपनि हालतमा पछि नहट्ने स्पष्ट पारे।

“भूलचुकबाट छापिएको होइन, नक्सा छाप्ने र संविधान संशोधन गर्ने कुरा पोइन्ट अफ नो रिटर्न भयो भनेर भनेका छन, हामीलाई हाम्रो भूमि चाहियो, नलिई छाडिँदैन । यो पोइन्ट अफ नो रिटर्न नै हो।”,उनले भने।

प्रकाशित : आइतबार, असार १४, २०७७०९:२४

विद्यालयमा क्वारेन्टिन: विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने