बनी केही मान्छे आफ्नो लुक्स र सुन्दरतालाई यति धेरै ख्याल राख्छन् कि उनीहरुमा दिनमा धेरैपटक मुख धुने बानी हुन्छ। तर के तपाईलाई थाहा छ, एक दिनमा २ पटकभन्दा बढी मुख धुनु तपाईको अनुहारको लागि खतरनाक हो। सामान्यतया: अनुहारबाट फोहोर हटाउनको लागि या अनुहारमा चमक ल्याउनको लागि मानिसहरु पटक-पटक फेश वाश गर्छन्। तर वास्तवमा यस्तो हैन। यसले तपाईको त्वचामा केही बेरको लागि अवश्य चमक ल्याउँछ। तर दीर्घकालीन रुपमा यसले तपाईको त्वचामा नराम्रो प्रभाव पार्दछ।
खराब हुन्छ स्किनको पिएच भ्यालु:
पटक-पटक मुख धुँदा तपाईको त्वचाको पिएच भ्यालु(pH Value) खराब हुन्छ। पिएच भ्यालु ० देखि १४ को बीचमा हुन्छ, जसको आधारमा वस्तुको अम्लीय या क्षारीय गुण पता लगाइन्छ। सामान्यतया: सामान्य त्वचाको पिएच भ्यालु ४.२ देखि ५.५ को बीचमा हुन्छ। यदि तपाई दिनमा १ या दुई पटक मुख धुनु हुन्छ भने यसले तपाईको त्वचाको नेचुरल पिएच भ्यालुमा अधिक प्रभाव पर्दैन। तर यदि तपाई २ पटक भन्दा बढी मुख धुनुहुन्छ भने यसले त्वचाको पिएच भ्यालु बिग्रिन्छ र लामो समयसम्म यो आदत दोहोर्याउँदा तपाईको त्वचा चाँडै बुढो देखिन्छ।
हराउँछ त्वचाको आद्रता:
शायद तपाईलाई यो कुरा थाहा नहुन सक्छ कि तपाईको त्वचाको सबैभन्दा माथिल्लो पत्रमा एक प्राकृतिक तेल हुन्छ, जसलाई सिबम भनिन्छ। यो प्राकृतिक तेलले तपाईको त्वचालाई मुलायम कायम राख्न मद्दत पुर्याउँछ। जसले गर्दा त्वचाको भित्री तहमा पानीको जरुरी मात्रा कायम रहन्छ। यदि तपाई बारम्बार अनुहार धोईरहनुहुन्छ भने तपाईको त्वचामा रहेको सिबम हट्छ र तपाईको त्वचा सुख्खा हुन् थाल्छ। रुखो त्वचामा प्वाल-प्वाल पर्ने र दाग आउने सम्भावना बढी हुन्छ।
जलन र चिलाउने समस्या:
यदि तपाई मुख धुनको लागि हरेक पटक केमिकल वाला फेसवास प्रयोग गर्नुहुन्छ भने त्यसले जलन र चिलाउने समस्या पनि हुन् सक्छ। दिनमा पटक-पटक मुख धुँदा त्वचामा रहेको सिबम आयलको प्रोटेक्टिव लेयर नष्ट हुन्छ, जसको कारण ब्याक्टेरिया, केमिकल र प्रदुषणका कणले सिधा तपाईको त्वचामा आक्रमण गर्दछ।
माइक्रोफ्लोरा घट्दा जान्छ नेचुरल ग्लो
केमिकल वालास फेसवाश प्रयोग गर्दा थोरै समयको लागि तपाईको अनुहारमा चमक आउँछ, पछि बिस्तारै तपाईको त्वचाको नेचुरल ग्लो हट्दै जान्छ। त्वचामा एक खास किसिमको माइक्रोफ्लोरा या माइक्रोबायोम हुन्छ, जसले तपाईको त्वचामा चमक ल्याउँछ र हानिकारक ब्याक्टेरियाबाट तपाईको त्वचालाई बचाउँछ। तर पटक-पटक अनुहार धुँदा ती माइक्रोफ्लोराका संख्या घट्छन र तपाईको त्वचाको प्राकृतिक चमक हराएर जान्छ।