अनारको फल होस् अथवा जुस, मानव शरीरको लागी धेरै नै फाइदाजनक मानिन्छ । यहि कारणले गर्दा नै अनारलाई बिरामीको औषधीको रुपमा पनि लिने गरिन्छ ।
अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । जसकारण शरीरमा रगतको कमी भएको छ भने अनारले सजिलै रगत बढाउने काम गर्दछ ।
अनार मात्र नभई मानव शरीरको लागि अनारको पात समेत धेरै फाइदाजनक हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन्। छालाका समस्या देखि पाचन सम्बन्धि समस्यामा पनि अनारको पात धेरै फाइदाजनक हुन्छ।
अनारका पात के कस्ता समस्यामा काम लाग्छ ? हेर्नुहोस् !
अनुुहारको चाउरीपना
अनुहार चाउरी परेर, अनुहारको छाला लचिलो भएर तनावमा हुनुहुन्छ भने अनारको पात तपाईको लागि वरदान सावित हुन सक्छ। अनारको पातलाई पिसेर त्यसको रसमा कालो तिलको तेल मिलाएर लगाउनाले अनुहारको चाउरीपना हटेर जान्छ। यसो गर्दा अनुहारको छाला “टाइट” पनि हुन्छ।
भोक बढाउन
आजकल, धेरै व्यक्तिहरू खराब जीवनशैली र कम शारीरिक गतिविधिको कारण भोकाएको महसुस गर्दैनन्। खाना रुचाउन अनारका पातहरू सलादको रूपमा प्रयोग गर्न सकिन्छ। यसो गर्नाले पाचनप्रक्रिया मजबुत भई समयमै भोक लाग्ने हुन्छ।
पाचन शक्ति बलियो बनाउन
पाचन क्रिया खराब हुँदा कारण खाना पूर्ण रूपमा पच्दैन। यसो हुँदा विभिन्न समस्याहरु देखा पर्छन्। पाचन सम्बन्धि समस्यामा अनारको पात धेरै फाइदाजनक हुन्छ।
छाला सम्बन्धि समस्या
विभिन्न चर्म रोगहरुमा अनारको पात प्रयोग गर्न सकिन्छ। दाद जस्तो गम्भीर समस्यामा पनि अनारको पात फाइदाजनक हुन्छ। यस्तो समस्यामा अनारको पात पिसेस त्यसको लेपन लगाउन पर्ने हुन्छ।
मुखमा हुने घाउ
मौखिक स्वास्थ्य समस्याहरू, विशेष गरी छाला, अनारको पातले उपचार गर्न सकिन्छ। अनारको पातमा रहेको एन्टि-ब्याक्टेरिया र एन्टिआक्सीडन्ट गुणहरूले मुखमा रहेको ब्याक्टेरियाहरूलाई नष्ट गर्न मद्दत गर्दछ। यस तरिकाले अनारको पातबाट बनेको जुस आफ्नो मुखमा अल्सरको उपचार सकिन्छ।

