यसरी बनाउनुहोस् क्यान्सर समेत निको बनाउने लसुनको चिया ! [तरिका सहित]

हाम्रो लागि  चिया अति आवश्यक छ । हाम्रो दैनिकी बिहान चियाबाट नै सुरु हुने गर्छ । हामीले पिउने विभिन्न खालका चियाहरु मध्ये लसुनको चिया पनि एउटा हो । लसुनको चिया मानिसहरु कमै पिउने गर्छन् । बिहान काँचो लसुन खान मानिसलाई निकै गाह्रो हुन्छ । त्यसैले यसलाई लसुनको चिया बनाएर पिउँदा सजिलो हुन्छ । यसले हाम्रो स्वास्थ्यमा निकै लाभ पुर्याउँछ । लसुन एन्टिबायोटिक र एन्टिअक्सिडेन्टको स्रोत भएकाले पनि यो हाम्रो लागी धेरै उपयोगी छ ।

कसरी बनाउने ?

एक गिलास पानीलाई उमालेर लसुन र अदुवा पिस्ने र त्यसमा मिसाउने । त्यसको केहि समयपछि कागती र मह मिसाउने जसले चियाको स्वाद बढाउन र चियालाई गुलियो बनाउन मद्धत गर्छ । कागती र अदुवाको प्रयोगले लसुनको गन्ध हराउने भएकाले तपाईलाई पिउन सजिलो हुन्छ ।

यसले पुर्याउने फाइदाहरु यस्ता छन् :

१) तौल नियन्त्रण : यसको सेवनले शरीरमा रहेका विभिन्न खालका विषाक्तहरु बाहिर निस्कन्छन् । जसले गर्दा हाम्रो शरीरमा अनावश्यक बोशो जम्न पाउदैन र तौल नियन्त्रित रुपमा रहन्छ ।

२) पाचन पक्रियालाई फाइदा : हरेक बिहान लसुनको चिया पिउने गरेमा शरीरको मेटाबोलिजम ठिक रहन्छ । यसले गर्दा हाम्रो शरीरले खाना सजिलैसंग पचाउन सक्छ ।

३) मुटुलाई फाइदा : यसले हाम्रो रक्तसंचारमा कुनै पनि प्रकारको समस्या आउदैन । यसले गर्दा हाम्रो मुटु सधैं स्वास्थ्य रहन्छ ।

४) मधुमेह नियन्त्रण : हरेक दिन यसको सेवन गर्नाले शरीरको कोलेस्ट्रोल लेभल घट्छ र यसले मधुमेहलाई फाइदा पुर्याउँछ ।

५) छालामा निखार आउँछ : लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाईन्छ । त्यसैले यसको चियाको सेवनले छालामा चमक आउँछ ।

६) क्यान्सरबाट बचाउँछ : लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गर्छ । यसले गर्दा तपाईंलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन हुन्छ ।

प्रकाशित : आइतबार, असार १४, २०७७११:२५

क्यान्सर, डायबिटीज, पेट सम्बन्धि रोगको अचुक औषधी ‘सखरखण्डको पात’ [उपाय सहित]