एजेन्सी- मानिसहरु सकेसम्म दुख नगरी सुख प्राप्त गर्ने इच्छा राख्ने गर्छन्। आफ्नो जीवन शैलीलाई कसरी सहज बनाउने भन्ने हरेकको चिन्ता हुने गर्छ। तर जीवन शैलीलाई सहज गर्ने बहानामा आफूलाई भैरहेको गकत असरको भने प्रवाह नगर्ने मानिसहरुको बानि हुन्छ। बाथरुममा लापरवाही गरेर राख्न नहुने वस्तुहरुको बारेमा आज हामी चर्चा गर्नेछौं।
मेकअप का सामान
मेकअपका समानहरुलाई उचित तापक्रममा राख्नु पर्ने हुन्छ। तर बाथरुमको तापक्रम भने स्थिर नहुने गर्छ। जसको कारण मेकअपका समानहरुमा असर पर्ने गर्छ। जसको कारण मेकअपका समानहरु बाथरुममा कहिले पनि राख्न हुँदैन।
इलेक्ट्रोनिक्स सामानहरु
बाथरुम प्राय चिसो हाने गर्छ भने जहिले पनि बाथरुममा पानिको प्रयोग हुने गर्छ। जसको कारण इलेक्ट्रोनिक्स सामानहरु पानीको कारण बिग्रिन सक्छ। त्यहि कारण इलेक्ट्रोनिक्स सामानहरु बाथरुममा लान हुँदैन।
औषधि
बाथरुममा राखिएको औषधि खान स्वास्थ्यको हिसावले कुनै पनि हालतमा राम्रो मानिँदैन। औषधि राख्नको लागि उचित तापक्रम राख्नु पर्ने हुन्छ। तर बाथरुमको तापक्रम भने जहिले पनि अस्थिर हुने गर्छ। त्यस कारण औषधिलाई बाथरुममा राख्न हुँदैन।

