लामो समयसम्म टीबी , एचआइभी , मुटु रोग ,दम तथा किड्नी सम्बन्धी समस्या भएकाहरुमा ककैक्सिया हुने आशंका बढी हुन्छ। क्यान्सरको अन्तिम अवस्थामा यस्तो प्रकारको समस्या देखिन्छ। जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। यस रोगले गर्दा शरीरमा प्रोटिन र फ्याटको कमि हुनाले व्यक्ति दुब्लो पातलो देखिन थाल्छ। जसले गर्दा रोग संग लड्ने क्षमता कम हुन्छ।
यदि बर्षमा ५-१० प्रतिशत शारीरिक वजन घटेको खण्डमा तुरुन्तै डाक्टरको सल्लाह लिनु आवश्यक छ।
कसरी पहिचान गर्ने ?
पहिले देखि नै रोगका कारण शरीरमा पौष्टिक तत्वको कमि हुनु यस रोगको महत्वपुर्ण कारण हो। भोक नलाग्ने , कमजोरी र थकानको महशुस हुने , काम गर्न जाँगर नलाग्ने , खोकी लाग्ने , ज्वरो आउने , हात खुट्टा सुक्दै जानु आदि यस रोगको प्रमुख कारण हो।
उपचार
ककैक्सिया रोगका बिरामीहरुले सुरुमा आफ्नो तौल के कारणले गर्दा घटेको हो भन्ने बरेमा थाहा पाउनु जरुरी छ। यस पश्चात डाक्टरको उचित सल्लाह सुझाव लिई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी सेवन गर्नु पर्दछ। यस समस्याको औषधि स्वास्थ्य केन्द्रमा प्रसस्त पाइन्छ।
औषधियुक्त तेलले मसाज गर्ने
ककैक्सिया यो एक प्रकारको सुख्खा रोग हो। जसलाई आयुर्वेदिक भाषामा अष्ट निंदीत पुरुष पनि भन्ने गरिन्छ। यसमा रोगीको उपचार आठ तरिकाले गर्न सकिन्छ। नाडीको जांच , मलमुत्रको रंग , आँखा , शारीरिक बनावट , छाला या नङको रंग आधिबत पहिचान गर्ने गरिन्छ। क्यान्सर भएकालाई ककैक्सिया भएको खण्डमा यसका लागि पंचकर्म द्वारा उपचार गर्ने गरिन्छ। यसमा रोगीको शरीरको कोशिकालाई शक्ति दिनका लागि प्रकृति स्थापन , रसायन चिकित्सा , मानसिक नसिकी चिकित्सा र आध्यात्मिक चिकित्सा बिधिद्वारा उपचार गर्ने गरिन्छ। यसको रोगको निदानको लागि अश्वगंधा, शतावरी, मधुयस्टि लगायतका आयुर्वेदिक तेलको प्रयोग समेत गर्न सकिन्छ।

