भोलि असार १५ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

व्यवसायिहरुको लागि यसदिन लाभदायी हुनेछ । परिवारमा आनन्ददायी वातावरण रहदा तपाईको मन प्रफुल्लित रहनेछ। घरमा सुखदायी घटना घट्नेछ।  शारीरिक स्वास्थ्यमा वृद्धि हुनेछ ।  जीवनसाथीको साथ यसदिन राम्रो समय रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाई बौद्धिक चर्चाबाट टाढा रहनुहोस । बिधार्थीको लागि समय कठिन रहेको छ । मनमा चिन्ता रहनेछ । पेट सम्बन्धित रोगबाट मनमा चिन्ता रहनेछ। तर मध्यान्हपछि तपाईलाई राहत अनुभव हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यसदिन तपाईमा स्फुर्तिको अभाव रहनेछ। पारिवारिक सदस्यको बीच मनमुटाव हुने सम्भावना रहेको छ। आकस्मिक धन खर्च हुने सम्भावना रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन कुनैपनि कार्यलाई सोच-विचार नगरि नगर्नुहोस। आफन्तसंग भेटघाट हुदा आनन्द मिल्नेछ। उनीहरूसँगको मायालु सम्बन्धले तपाईको आनन्द बढाउनेछ। शारीरिक र मानसिक स्वास्थ्यको ध्यान राख्नुहोस। आर्थिक रुपमा कष्ट हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाइको बौद्धिक क्षमतामा वृद्धि हुनेछ। पारिवारिक सदस्यको साथ राम्रो समय बित्नेछ। आर्थिक लाभ हुने सम्भावना रहेको छ। आध्यात्मिक क्षेत्रमा सिद्धि प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाईको बोलि-बचनले तपाईलाई नै लाभ हुनेछ । यसबाट अन्य मानिसको साथ तपाईको सम्बन्धमा प्रेमको पनि वृद्धि हुनेछ । पर्यटन तपाइको आनन्ददायी रहेनछ। आर्थिक लाभ हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन तपाई आफ्नो रिसलाई नियन्त्रण गरि नरम स्वभावमा रहनुहोस। खर्चको मात्र अधिक रहनेछ। निर्णय सम्बन्धित सम्बन्धित चीजहरू ध्यानपूर्वक गर्नुहोस्। शारीरिक और मानसिक स्वास्थ्य  बिग्रिन सक्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

जीवनसाथी प्राप्त हुनको लागि यसदिन शुभ रहेको छ। आय र व्यापारमा पनि वृद्धि हुने योग रहेको छ। साथीहरुको साथ घुम्न जाने योग रहेको छ। यसदिन तपाई कसैको साथ पनि उग्र व्यवहार नगर्नुहोस।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यसदिन तपाइको कार्य राम्रोसंग सम्पन्न हुनेछ। व्यवसायिक रूपबाट पनि सफलता प्राप्त हुनेछ। कार्यालयमा वातावरण अनुकूल रहनेछ। परिश्रमको  अपेक्षानुसार पदमा पनि  उन्नति हुनेछ। परिवारमा आनन्द र उल्लासको समय बन्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन तपाइको धार्मिक यात्रा हुने सम्भावना रहेको छ। व्यावसायिक क्षेत्रमा पदोन्नति हुनेछ । उच्च अधिकारि पनि तपाइको कार्यबाट प्रसन्न हुनेछ । धनको साथै साथ-साथ मान-सन्मानको पनि वृद्धि हुनेछ। गृहस्थी जीवनमा मनमुटाव हुनसक्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाई नया कार्य नगर्नुहोस।  खान-पानमा पनि ध्यान राख्नुहोस। मध्यान्हपछि तपाइको प्रसन्नतामा वृद्धि हुनेछ । स्वास्थ्यमा पनि सुधार हुनेछ। धार्मिक कार्य तथा धार्मिक यात्राको योजना हुनसक्नेछ। आर्थिक लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यापारमा कर्मचारीबाट लाभ हुनेछ। कुनै मनोरन्जन स्थलमा स्नेहीहरूसँग रमाउदा तपाईको मन प्रफुल्लित हुनेछ। मध्यान्हपछि परिस्थितिमा परिवर्तन आएको अनुभव हुनेछ। मध्यान्हपछि नया कार्यको सुरुवात नगर्नुहोस। रिसलाई संयम राख्नुहोस।

प्रकाशित : आइतबार, असार १४, २०७७१३:४५

आज असार १५ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल!