ओलीले कहिले राजिनामा देलान् भन्ने बाबुरामको उत्सुकता: भने-” राजिनामा कहिले दिने रहेछन् हँ?”

काठमाडौँ – आइतबार जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजिनामा दिने पक्षमा नरहेको उनले स्पष्ट पारे। उनले चाहेर पनि आफूले प्रधानमन्त्रीबाट राजिनामा दिन नसक्ने बताए।

आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने उनको भनाई थियो। उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म आफू पछि नहट्ने उनले स्पष्ट पारेक थिए।

“मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि।”,उनले भनेका थिए। साथै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न भारतलाई चेतवानी समेत दिएका थिए। प्रधानमन्त्री ओलीले केहि समय अगाडी कोरोना भाइरस संक्रमणका कारण आफूले राजिनामा दिन नमिल्ने बताएका थिए।

ओलीले दिने गरेको यस किसिमको अभिव्यक्ति प्रति लक्षित गर्दै जनता समाजवादीका वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यङ्ग्य गरेका छन्। भट्टराईले एक ट्वीट गर्दै ओलीले राजिनामा दिने उचित चाहिँ कहिले होला भनेर व्यङ्ग्य गरेका हुन्।

व्यङ्ग्य गर्ने क्रममा भट्टराईले बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था संविधानमा नरहेको उल्लेख पनि गरेका छन्।

“बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन। तर, अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?”,भट्टराईले ट्वीट गर्दै लेखेका छन्।

 

प्रकाशित : आइतबार, असार १४, २०७७१२:४८

सलह किरालाई माछा र कुखुराको आहार बनाउने तयारी !