काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको कडा प्रतिवाद गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले खल्तीमा नेपाली नागरिकता बोकेर भारतको बोलि बोलेको भन्दै दिएको अभिव्यक्तिको गिरीले ट्वीटर मार्फत प्रतिवाद गरेकी हुन्। प्रधानमन्त्रीले खल्तीमा नेपाली बोकेर भारतको बोलि बोल्ने भनेपछि उनले आफ्नो खल्ती नभएको बताउँदै पर्स बोक्ने गरेको बताएकी छन्।
ओलीले आइतबार भारतले अतिक्रमण गरेका भूमि जसरी पनि फिर्ता गराउने बताएका थिए। उनले जमिन दावी गर्दा कतिपयले आफ्नो विरोध गरेको समेत बताएका थिए।
“खल्तीमा नेपाली नागरिकता छ तर्क अर्काको पक्षबाट गरेको छ। १९६२ मा सेना राखेपछि कसरी त्यहाँका नागरिकसँग सम्बन्ध हुन्छ। कालापानीमा सेना राखेर उता जानै दिएका छैनन्। नागरिकता रासन कार्ड कसले दिएको छ त्यसबारे नेपालका नागरिकताधारीहरूले उठाइराखेका छन्।”,ओलीले गिरीको नाम नलिई भनेका थिए।
ओलीको यसै भनाई प्रति लक्षित गर्दै गिरीले कालापानी-लिपुलेक लगायतक भूभाग नेपाल होइन भन्ने आफ्नो तर्क तथ्य , प्रमाण र ज्ञानको आधारमा आएको दावी गरेकी छन्। आफूले नक्सा बारे अगाडी सारेको प्रमाण र तर्कलाई सामना गर्न उनको चुनौती छ।
“प्रधानमन्त्रीजी ! मेरो खल्ती छैन, पर्स बोक्छु । नागरिकता पनि नेपाल को मात्र छ । म सरकारको कर्मचारी वा सरकारी विज्ञ पनि होईन कि सरकारको सुविधाका लागि तर्क सिर्जना गर्ने र देशलाई फँसाउने । देश फँसी सके को छ । मेरो तर्क को आधार तथ्य , प्रमाण र ज्ञान हो”,ट्वीट गर्दै गिरीले भनेकी छन्,”नक्शा बारे मैले अगाडी सारे को तथ्य , प्रमाण र तर्कलाई कतै बाट चुनौती आओस , म सामना गर्न तैयार छु । प्रधानमन्त्रीजीले पनि खुलेर नाम लिनु पर्यो । देश लाई नै जोखिममा हालेर जनतालाई कहिले सम्म भ्रममा राख्ने ?”
गिरीले प्रधानमन्त्री ओलीमा देशको भन्दा पनि आफ्नो चिन्ता गर्ने रोग रहेको आरोप लगाएकी छन्। ओलीलाई उनले सुस्वास्थ्यको कामना समेत गरेकी छन् भने अन्त्यमा बेलायतीहरुले छोडेर गएका अनिर्णित सीमालाई राष्ट्रियताको विषय नमान्ने पनि स्पष्ट पारेकी छन्।
प्रधानमंत्री जी,
मेरो खल्ती छैन , पर्स बोक्छु । नागरिकता पनि नेपाल को मात्र छ । म सरकार को कर्मचारी वा सरकारी विज्ञ पनि होईन कि सरकार को सुविधा का लागि तर्क सिर्जना गर्ने र देश लाई फँसाउने । देश फँसी सके को छ । मेरो तर्क को आधार तथ्य , प्रमाण र ज्ञान हो ।…1— sarita giri (@sarita_giri) June 28, 2020
नक्शा बारे मैले अगाडी सारे को तथ्य , प्रमाण र तर्क लाई कतै बाट चुनौती आओस , म सामना गर्न तैयार छु । प्रधानमंत्री जी ले पनि खुलेर नाम लिनु पर्यो । देश लाई नै जोखिम मा हालेर जनता लाई कहिले सम्म भ्रम मा राख्ने प्रधानमंत्री जी । …2
— sarita giri (@sarita_giri) June 28, 2020
अब तपांई देश भंदा आफनो चिंता बढी गर्दै हुनु हुन्छ ।
नाम देश को चिंता आफनो …..3— sarita giri (@sarita_giri) June 28, 2020
तपांईको सुस्वास्थ्यको कमना गर्दछु , प्रधानमंत्री ज्यू…4
— sarita giri (@sarita_giri) June 28, 2020
ब्रिटिश हरु ले धेरै स्थानमा छोडेर गएका अनिर्णित सीमा लाई म राष्ट्रियता को विषय मान्दीन ।
— sarita giri (@sarita_giri) June 28, 2020

