काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – सोमबार काठमाडौँ उपत्यकामा ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यकाका ४ प्रयोगशालामा गरिएको परीक्षणबाट ८ जनामा कोरोनाको पुष्टि हुन आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँमा ६ जना, ललितपुरमा १ जना र भक्तपुरमा १ जना गरी ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भक्तपुरका १ पुरुष, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौँका २ महिला र २ पुरुष तथा शिक्षण अस्पतालको प्रयोगशाला काठमाडौँमा १ पुरुष, पाटन अस्पतालको प्रयोगशालामा ललितपुर र काठमाडौँका १-१ पुरुषमा कोरोनाको पुष्टि भएको हो।

सोमबार देशभर ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। २४ घण्टामा १ सय १२ महिला र ३ सय ६४ पुरुषमा कोरोनाको पुष्टि भएको प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यससँगै १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष गरी नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका १ सय २१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। सोमबार डिस्चार्ज हुनेहरुमा १३ जना महिला र १ सय ८ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार १ सय ३२ पुगेको छ। हाल सम्म २ सय ६६ जना महिला र २ हजार ८ सय ६६ जना कोरोना संक्रमित पुरुष निको भैसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ७ हजार ७ सय ९१ पिसिआर परीक्षण र १ हजार ८ सय २२ आरडीटि परीक्षण भएको छ। क्वारेन्टाइनमा ५७ हजार ३ सय ६८ र आइसोलेसनमा १० हजार ८५ जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : सोमबार, असार १५, २०७७१०:५१

सुस्मिता हत्या प्रकरणः छोराको मृत्युपछि बुहारी माथि गिद्देनाजर, चाहेको पूरा नहुँदा हत्या !