हरेक दिनको यो ९० मिनेट हुनेछ अशुभ, यी समयमा गरेको काम कहिले पनि सफल हुँदैन !

शास्त्रमा कुनैपनि शुभ कामको शुरुवात गर्नुभन्दा पहिले शुभ मुहूर्त हेर्ने परम्परा रहेको छ । मान्यता अनुसार शुभ मुहूर्तमा काम शुरु गर्नाले काममा सफलता प्राप्त हुनेछ । साथै अशुभ मुहूर्तमा कुनै काम गरियो भने कार्य असफल हुने बिश्वास रहेको छ । ज्योतिष शास्त्र अनुसार जब राहुकालको समय चलिरहेको हुन्छ त्यस समयमा  कुनै पनि शुभ कार्य गर्नुहुदैन ।

शनि ग्रहपछि दोस्रो अशुभ ग्रह राहूलाई मानिएको छ र यो छाया ग्रहले पनि अशुभ फल प्रदान गर्दछ । ज्योतिषको अनुसार हरेक दिन ९० मिनेटको समय राहुकाल समय हुन्छ र मान्यता अनुसार यस समयमा  यदि कुनैपनि शुभकार्य गरिन्छ भने त्यो अशुभ हुने गर्छ । सूर्योदय देखी लिएर सूर्यास्तसम्म आठौं भागको स्वामी राहु हुने गर्छ । हरेक दिनको हिसाबले कुन समयमा लाग्ने गर्दछ राहुकाल? जान्नुहोस् ।

१. सोमवार राहुकालको समय – बिहान ०७:४५ देखी ९:१५ बजेसम्म रहनेछ।
२. मंगलवार राहुकालको समय – दिउसो ०३:१५ देखी ०४:४५ बजेसम्म रहनेछ।
३.बुधवार राहुकालको समय – दिउसो १२:१५ देखी ०१:४५ बजेसम्म रहनेछ।
४.बिहिबार राहुकालको समय – दिउसो ०१:४५ देखी ३:१५ बजेसम्म रहनेछ।
५.शुक्रवार राहुकालको समय – बिहान  १०:४५ देखी १२:१५ बजेसम्म रहनेछ।
६. शनिवार राहुकालको समय – बिहान  ९:१५ देखी १०:४५ बजेसम्म रहनेछ।
आइतबार राहुकालको समय – बेलुका ०४:४५ देखी ६:१५ बजेसम्म रहनेछ।

प्रकाशित : सोमबार, असार १५, २०७७१४:०९

कुन बार कुन देवताको ब्रत बस्ने? यसरी राख्नुस् बारअनुसार भगवानको ब्रत !