आजभोलि नेपालीहरुमा पाइल्स रोग सामान्य बन्दै गएको छ। समयमानै उपचार नगरे यसले ठूलो रुप लिने र क्यान्सर समेत हुन्सक्छ।
चिकित्सकको पहुँचबाट टाढा भएकाले समय यसमा उपचार पाउन नसक्दा यस रोगबाट वर्षीनै धेरै मान्छेहरुले ज्यान गुमाउने गरेका छन्। मानिसको दिशा गर्ने ठाउँ वरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएको अवस्थालाई पाइल्स भनिन्छ । यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ । आज हामी तपाईहरुलाई बिना अप्रेशन पाइल्स जस्तो डरलाग्दो रोगबाट छुटकारा पाउने घरेलू उपाएहरु बताउन जाँदै छौँ जसबाट तपाईले अधिक मात्रामा लाभ लिन सक्नुहुनेछ।
१. प्याजको रस महमा मिसाएर खाने गर्दा रगत बग्न केही मात्रा कम हुने गर्छ।
२. करेलाको तेल र हर्रो चुर्ण मिसाएर नियमित रुपमा सेवन गरे पाइल्स निको हुन्छ।
३. पाइल्सको बिरामीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्ता सम्म मनतातो पानी संग खाने गरेमा ठूलो फाईदा पुर्याउने गर्छ।
४. निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाएर नियमित खाने गरेमा खटिराहरु हराएर जान्छन।
५. भुटेको तिल पिसेर नियमित रुपमा थोरै खाने गर्दा पाइल्सको बिरामीलाई ठूलो लाभ मिल्ने गर्छ।
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । यस रोग लागेका व्यक्तिहरुले एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ । घरेलू उपचारको साथमा चिकित्सक सँग परामर्श गराईराख्न आवश्यक हुन्छ।

