काठमाडौँ उपत्यकामा थपिए १४ जना कोरोना संक्रमित !

काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा १ दर्जन भन्दा बढी व्यक्तिमा कोरोनाको पुष्टि भएको छ। उपत्यकाका तीनै जिल्लामा गरी मंगलबार १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२, भक्तपुर र ललितपुरमा एक-एक जना गरी १४ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

मंगलबार काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोनाको पुष्टि भएको प्रवक्ता गौतमले जनाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर ३ सय १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिएका छन्। २४ घण्टामा ७१ महिला र २ सय ४५ पुरुषमा कोरोनाको पुष्टि भएको उनले बताए।  यससँगै १ हजार ६ सय ५७ महिला र ११ हजार ९ सय ७ पुरुष गरी नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। बितेको २४ घण्टामा पुष्टि भएको कोरोना संक्रमितको संख्या गत जेठ २९ यताकै कम हो।

यस्तै बितेको २४ घण्टामा नेपालका ६० जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। मंगलबार डिस्चार्ज हुनेहरुमा ९ जना महिला र ५१ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ। हाल सम्म २ सय ७७ जना महिला र २ हजार ९ सय १७ जना कोरोना संक्रमित पुरुष निको भैसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ४ हजार ७ सय ११ पिसिआर परीक्षण भएको छ। क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा १० हजार ३ सय ४१ जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : मङ्गलबार, असार १६, २०७७११:११

पर्यटनमन्त्रीको छड्के निरीक्षण