मिथुन राशिका मानिसहरु बोलीमा हुने प्रभावका कारण अरुलाई आकर्षित गर्ने गर्छन्। बोलीमा हुने नरमता साथै बोलीको मिठासका कारण छुट्टै पहिचान भएका मिथुन राशिका व्यक्तिहरु मित्र बनाउन खप्पिस रहने गर्छन्। दुनियाँ जित्न चाहना हुने यस राशिका मानिसहरु नयाँ तरिकाबाट सम्बन्ध अघि बढाउन खप्पिस हुने गर्छन्। बच्चा परको व्यवहार देखाउने यस राशिका मानिसहरु घुम-फिर गर्न समेत मन पराउने गर्छन्। सतर्कता, अवधारणात्मक र बहुमुखी रहने रहन मन पराउने गर्छन्। विश्लेषण गर्ने राम्रो क्षमता राख्छन्। साथै कुनै पनि प्रकारको योगदान गर्न समेत पछी हट्दैनन्।
तत्व :
वायु
गुण :
परिवर्तन शिल ;पुरुषत्व; सकारात्मक
स्वामी ग्रह :
बुध
यस राशिका व्यक्तिको प्रेमको बारेमा हुने खासियत:
सावधान र बौद्धिक स्थायित्व,विभिन्न्ता,खुल्ला दिमाग
यस राशिले प्रेमको बारेमा सुधार्नु पर्ने:
प्रेमको लागि गहिराई सम्म सोच्ने बानि, छिट्टै अरुको कुरामा आउने बानि
प्रेम आचरण :
यस राशिका मानिसहरु प्राय रोमान्टिक रहने गर्छन्। साथै मनोरंजन मन पराउने गर्छन्। प्रेमीसँग धेरै कुरा गर्न मन पराउने यस राशिका मानिसहरु हतार गर्ने भएका कारण सम्बन्ध टुट्न सक्ने सम्भावना रहन्छ। अव्यावहारिक, अपरिवर्तनीय स्वभावका कारण यस राशिका मानिसहरुको सम्बन्ध खासै टिक्न गार्है पर्ने देखिन्छ। छिट्टै केहि कुराबाट आजित रहन सक्ने यस राशिका मानिसहरुको प्रेम सम्बन्धमा धेरै तगारोको सामना हुने गर्दछ।मिथुन राशी भएका व्यक्तिहरुले आफ्नो बानीमा सुधार ल्याउने हो भने सम्बन्ध टिकाउ रहन सक्छ।