कन्या राशिका व्यक्ती ईमानदार,कर्तव्यपरायण र आदर्शवादी हुन्छन्। शान्त स्वभावका धनि कन्या राशी हुनेहरु प्राय कुनै पनि चीजको विश्लेषण गर्नको क्षमताले भरिपुर्ण रहने गर्छन्। कर्तव्य र व्यावहारिकतामा अब्बल रहने कन्या राशिका व्यक्तिहरु आदर्श प्रस्तुत गर्नेमा अगाडी रहने गर्छन् भने विनम्र र परिष्कृत रही सम्बन्ध अघि बढाउन माहिर रहन्छ्न्। छुट्टै किसिमको सपना भएका कन्या राशिका व्यक्तिको छुट्टै आदर्श समेत रहने गर्दछ। जिम्मेवारी निभाउन सिपालु हुने कन्या राशिका व्यक्तिहरु विशेषतः नयाँ कुरा जान्ने क्षमता राख्ने गर्छन्। यी सबै गुण हुँदा-हुँदै पनि यस राशिका मानिसहरु हरेक चिज प्राप्त गर्न जिद्दी रहने भएका कारण आलोचनात्मक रहन सक्छन्। यस राशी भएका व्यक्तिमा स्त्रीत्व समेत रहने गर्दछ। क्रोधी,लापरवाह,साथै छिट्टै व्यवहार देखाउन माहिर रहने कन्या राशिको प्रेम सम्बन्ध कस्तो रहन्छ त? आज हामि यस बारे चर्चा गर्ने छौं।
यस राशिका केहि गुणहरु निम्न उल्लेखित रहेका छन्।
तत्व :
पृथ्वी
गुण :
स्परिवर्तनशील; स्त्रीत्व; नकारात्मक
स्वामी ग्रह :
बुध
प्रेम आचरण :
कन्या राशिका व्यक्ति प्रेमको मामलामा उदार, समर्पित, निष्ठावान र कर्तव्यपरायण रहने गर्छन्। जसले भवनको कदर गर्छ,उसको लागि अझ धेरै समर्पित रहने आद्दत भएका कन्या राशिका व्यक्ति अरुसँग निर्भर रहन भने खासै मन पराउँदैनन्। जस्तो सुकै परिस्थितिमा पनि आफैं संघर्ष गर्न रुचाउने गर्छन्। कन्या राशिका व्यक्तिहरु आफ्नो प्रेमी समेत स्वस्थ रहोस् भन्नको लागि हेरचाह गर्न माहिर रहने गर्छन्। साथै प्रेमी फोहोरी भएको खासै मन नपराउने गर्छन्। गल्ति माफी गर्ने क्षमता कमि हुने कन्या राशिका व्यक्तिहरु गल्ति गरेको मन पराउने गर्दैनन्। कन्या राशीसँग सम्बन्ध स्थापित गर्न चाहनु हुन्छ भने यिनको भावनासँग खेलवाड नगर्नु होला। साथै झुठो समेत नबोल्नु होला। शुद्ध, निर्दोष दिल र प्रेममा निष्कपट रहने यो राशी भएका व्यक्तिसँग सम्बन्ध टुटे पछी पूर्ण स्थापित गर्न गार्हो पर्ने गर्छ।
मेष राशिको लागि रहने प्रेम:
कन्या राशिका व्यक्तिहरुको प्रेम प्राय मेष राशी भएका व्यक्तिसँग टिकाउ रहने गर्छ भने कन्या राशिका व्यक्ति मेष राशी भएका व्यक्तिहरुसँग आकर्षित रहने गर्छन्।a

