यस राशिका मानिसहरु प्राय सन्तुलित रहन रुचाउने गर्छन्। यस राशिका मनिसहरु प्राय जीवनमा सम्पूर्ण प्रकारको शुख-साथै दुख भोग गर्न रुचाउने प्रकारका रहने गर्छन्। परिवारमा हरेक प्रकारबाट सहयोगी भावना राख्ने यस राशिका मानिसहरु प्राय घर छाडेर खासै बाहिर बस्न रुचाउने गर्दैनन्। साथै आफ्नो भूमिका राम्रोसँग बुजेर अघि बढ्ने गर्छन्। आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्ने यस राशिका मानिसहरु सामाजिक रहने गर्छन्। सुक्ष्म तरिकाबाट हरेक कुराको विश्लेषण गर्न रुचाउने यस राशिका मानिसहरु व्यवहारिक रहने भएका कारण यस राशिका मानिसहरुको भावनासँग खेल्न खासै सजिलो भने हुँदैन।
यस राशिका केहि गुणहरु निम्न उल्लेखित रहेका छन्।
तत्व :
वायु
गुण :
मूलभूत; पुरुषत्व; सकारात्मक
स्वामी ग्रह :
शुक्र
यस राशिका व्यक्तिको प्रेमको बारेमा हुने खासियत:
सम्पूर्णता,सुन्दर तरिकाबाट सन्तुलन राख्न सक्ने क्षमता
यस राशिले प्रेमको बारेमा सुधार्नु पर्ने:
सौन्दर्यका आधारमा प्रेम गर्ने बानि,देखावटी माया गर्ने बानि
प्रेम आचरण :
तुला राशिका मानिसहरु प्राय सुन्दर रहन मन पराउने गर्छन्। प्रेमको मामलामा उदार रहने यस राशिका मानिसहरु सुन्दरता हेरेर मात्रै प्रेममा पर्ने गर्छन्। उद्देश्यपरक साथै निष्पक्ष रहन चाहने यस राशिका मानिसहरुलाई मनाउन भने गार्हो रहने भएका कारण प्रेम प्रस्ताब राख्दै हुनुहुन्छ भने समय लाग्ने देखिन्छ। यदी प्रेममा पूर्ण रुपबाट लिप्त भएमा यस राशिका मानिसहरु प्रेम सम्बन्ध धेरै समय टिकोस भन्ने चाहना राख्ने गर्छन्। आफ्नो प्रेमीको निर्णय प्रति जागरुक रहने गर्छन्। जीवनमा केहि पाउनको लागि भने धोका दिन सक्ने यस राशिका मानिस केहि हद सम्म लोभी मानिने गर्छन्। विनम्र, मिलनसार साथै सामाजिक प्राणिको रुपमा चिनिने यस राशिका मानिसहरु प्रेममा आफ्नो उपस्थितिको अब्बल दर्जा मिलोस भन्ने चाहन्छन्।

