काठमाडौँ – पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली माथि नियोजित ह-मलाहरु भइरहेको बताएका छन्।
मंगलबार ट्वीटर मार्फत बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जारी स्थायी कमिटीको बैठकमा भएको घेराबन्दीलाई नियोजित ह-मला भनेका हुन्।
प्रधानमन्त्री ओलीका केहि कमजोरी भएपनि पछिल्ला समय उनी माथि ह-मलाहरू नियोजित डिजाइनका स्पष्ट श्रृङ्खला रहेको उनको बुझाई छ। ओली विरुद्ध बदनाम,आ-क्रमण र ध्व-स्तको श्रृङ्खला चलिरहेको पनि ट्वीटरमा उल्लेख गरेका छन्। यस्तै उनले अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ भनेर चेतावनी पनि दिएका छन्।
“प्रधानमन्त्रीका कमजोरी होलान् तर, प्रधानमन्त्रीमाथिका ह-मलाहरू नियोजित डिजाइनका स्पष्ट श्रृङ्खला हुन्”, पूर्वमन्त्री बाँस्कोटाले भनेका छन्, “बदनाम, आ-क्रमण र ध्व-स्त। चरणहरू यिनै हुन्। बाँकी धैर्यपूर्वक हेरौँ। अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।”
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरिक कलह चुलिएका बेला नेकपा एमाले पार्टी दर्ता भएपछि खैला-बैला मच्चिएको छ। जनताको बहुदलीय जनवाद जबजका प्रवर्तक मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसर पारेर गत असार १४ गते निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ता भएको बताइएको छ।
नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा परेको निवेदन बारे नकपाका नेताहरुले ओलीको भूमिका हुन सक्ने आरोप लगाइरहेका छन्।
प्रधानमन्त्रीका कमजाेरी हाेलान तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियाेजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन।बदनाम,आक्रमण र ध्वस्त। चरणहरु यीनै हुन।बाँकी धैर्यतापुर्वक हेराै।अरुलाई पुर्ने खाल्डाे खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) June 30, 2020