काठमाडौँ उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या सय नाघ्यो !

काठमाडौँ – काठमाडौँ उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय नाघेको छ। मंगलबार थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या सय नाघेको हो।

मंगलबार उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परीक्षणबाट काठमाडौं जिल्लामा १२, भक्तपुर र ललितपुरमा एक-एक जना गरी १४ जनामा कोरोनाको पुष्टि भएको छ। जससँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १ सय ५ पुगेको छ।

उपत्यकामा कोरोना पुष्टि भएका अधिकांश धेरैजसो विदेशबाट आएका छन्। केहि भारतबाट आएका र उपत्यका बाहिरबाट आएकामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ। सबै भन्दा बढी संक्रमित कुवेतबाट आएका छन्।

सरकारले लकडाउन खुकुलो बनाएसँगै उपत्यका भित्रनेको संख्या बढ्दो छ। जसकारण उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेर गएको छ।

सरकारले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण जोखिम नियन्त्रण र रोकथाम गर्न उपत्यका प्रवेश नाकामा कडाइ गर्न थालिसकेको छ । सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने सरकारको निर्णय छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार (सिसिएमसी) ले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरिसकेको । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ ।

प्रकाशित : मङ्गलबार, असार १६, २०७७१५:०९

बढ्यो पेट्रोलियम पदार्थको मूल्य ! कति पुग्यो ? [मूल्य सहित]