बिगुल संवाददाता, काठमाडौँ: – तपाई हामीलाइ थाहा भएकै कुरा हो । रुद्राक्ष भगवान शंकर को मनपर्ने आभुषण हो । जसलाई धार्मिक दृष्टिकोणले अत्यन्तै प्रभावशाली मानिएको छ । साथै लोक कल्याणमा प्रयोग गरिएको एकदमै सुन्दर र फलदायी प्रकृतिको उपहार हो यो । जसलाई हिन्दु धर्ममा भगवान साधनाका बेला विशेष प्रयोग गरिएको हुन्छ ।
यसको माला धारण गर्नाले समस्त पाप नाश गरी मानव जीवनमा भक्ति र मुक्ति प्रदान गर्दछ भन्ने जन विश्वास रही आएको पाईन्छ । त आउनुहोस जानौँ यो अद्भुत अनि अलौकिक वस्तु जुन शायदै जो कसैलाई थाहा नभएको पनि हुन सक्छ ।
रुद्राक्षका विशेषताहरु:
रुदाक्ष अकाल मृत्युहारी
रुद्राक्ष लाई अकाल मृत्युहारीको रुपमा पुजाआजा गर्ने गरिन्छ । अचानक तथा समय घडी पुरा नभै मृत्यु हुनुलाई अकाल मृत्यु मानिन्छ । रुद्राक्षको प्रयोगबाट अकाल मृत्युलाई हरण गरिदिन्छ अथवा अकाल मृत्यु हुनबाट बचाउदछ भन्ने जनविश्वासका आधारमा यसको गरिमा अपरम्पार रहिआएको छ ।
दीर्घायु प्रदान गर्दछ
दीर्घायु अर्थात लाम्रो आयु भनेर जान्दछौं । धरै समय बाँच्ने रहर त कसलाई पो हुदैन र शायदै पृथ्वी मा रहेका सबै प्राणि यहि चाहन्छन् होला । रुद्राक्ष को समीपमा दीर्घायु प्रदान गर्ने क्षमता हुन्छ ।
रुद्राक्षले सन्यासीहरुलाई धर्म र मोक्ष प्रदान गर्दछ ।
गृहस्थीमा अर्थ र कामको दाता हो रुद्राक्ष ।
सन्तान प्राप्तिको वरदान हो रुद्राक्ष ।
शारीरिक बाधाहरुलाई अनत्य गर्दछ ।
मन शान्त गराउछ रुद्राक्षले ।
कुण्डलिनी जागृत गर्नमा सहयोग गर्दछ ।
सबै पापहरु नाश गर्दछ।
भुत तथा प्रेत आदि आत्माहरुको नजरबाट बचाउदछ ।
रुद्राक्षको पुजा आराधना गर्नाले सबै दुःख कष्टबाट छुटकारा मिल्दछ ।
रुद्राक्ष कुनै पनि कार्य सिद्धी को कामना गर्दै शरीरमा धारण गर्नाले ४० दिन भित्र कार्य सिद्धी हुन्छ ।

