बिर्सिएर पनि घरमा नराख्नुस् भगवानको यस्तो तस्वीर !

सामान्यतया हाम्रो सबैको घरमा सुख-शान्ति र समृद्धिको प्राप्तिका लागि देवी-देवताहरुको मूर्ति र तस्वीरहरु राखिने गरिन्छ । तर देवी-देवताहरुको मूर्ति घरको कुन स्थानमा कुन तरिकाले राख्ने थाहा नभएको अवस्थामा उक्त घरको सुख-समृद्ध‌िमा बाधा आउने शास्त्रले बताएको छ ।

वास्तुशास्त्रको अनुसार घरमा भगवानको मूर्तिहरू राख्नका लागि पनि केही नियमहरु हुने गर्छ । जसको पालान गरे देखि परिवारमा सधै खुसी हुनेछ । वास्तु विज्ञानको अनुसार घरमा देवी देवहरु उभिएको मूर्तिको सट्टा बसेको मूर्ति राख्दा अधिक शुभ र लाभ प्रदान हुनेछ ।

पूजा पाठको समयमा सबैभन्दा पहिले देवी-देवताको अपिल गरेर मूर्तिलाई आसान दिईन्छ र पूजा स्थानमा राखिन्छ । उक्त बिधि घरमा देवी-देवताको वास होस् भन्ने उद्देश्यले गर्ने गरिन्छ । उभिएको देवी-देवताको मूर्ति या तस्वीरले भगवान नभईकन विदा भएर जान लागेको प्रतिक मानीने भएकोले उभिएको मूर्ति भन्दा बसेको देवी-देवहरुको मूर्तिलाई शुभ मानिन्छ ।

वास्तु व‌िज्ञान अनुसार घरमा भगवान् देवी लक्ष्मी, सरस्वती, गणेश र कुबेरको मूर्ति कहिले पनि उभिएको हुन हुदैन । यदी देवताहरुको बसेको  मूर्ति छ भने सधैं शुभ र लाभदायक हुन्छ ।

प्रकाशित : मङ्गलबार, असार १६, २०७७१७:१०

कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ? हेनुहोस् !