प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीमा हलचल, मागियो राजिनामा !

काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेताहरु आक्रोशित भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

मंगलबारको बैठकमा आफ्नो धारणा राखेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीप्रति आक्रोश पोख्नुभयो । उहाँले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिको आलोचना गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताउनुभयो ।

‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने– ‘यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो ।’ मंगलबारको बैठकमा बोलेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल तथा वामदेव गौतमले आफ्नो अभिव्यक्ति र आरोपलाई प्रस्ट पार्न भन्नुभएको थियो । तीनै नेताको अभिव्यक्ति उस्तै रहेको ती सदस्यले बताए ।

ती नेताका अनुसार चारै जना नेताहरु ओलीविरुद्ध आक्रोशित भएका थिए । उनीहरुले सरकारले पनि परिणाम दिन नसकेको बरु विवादित काम गरेको आरोप लगाएका थिए । उनीहरुको बाँकी नेताहरुको मत र तर्क पनि प्रचण्डको जस्तै थियो ।

नेता नेपालले भने प्रधानमन्त्रीको अभिव्यक्ति आफ्नो असफलता ढाक्न आएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो । उहाँले सरकार ढाल्न कोही लागेको भन्ने प्रधानमन्त्रीलाई लागेको हो भने स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

प्रकाशित : बुधबार, असार १७, २०७७०२:३०

विश्वमा महामारीको अर्को खतरा :महामारी फैलाउन सक्ने नयाँ भाइरस पत्ता लाग्यो !