काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद अनिष्ट तर्फ अगाडी बढेको छ। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिको आलोचना गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले सहित पार्टीका अन्य नेताहरुले ओलीको राजिनामा माग गरिसकेका छन्।
नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन परेको थाहा हुन आएसँगै नेकपा फुट्न लागेको भने अनुमान गरिएको छ। नेकपा फुट्ने अवस्था देखिन थालेपछि नेकपा नेताहरुले चिन्ता व्यक्त गरिरहेका छन्।
पार्टी फुट्ने सङ्घारमा पुगेसँगै कृषिमन्त्री घनश्याम भुसालले अनिष्ट हुने सम्भावना नजिकिँदै गएको बताएका छन्। मध्यराति एक ट्वीट गर्दै भुसालले नेकपाको जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना देखिएको बताएका हुन्।
“हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो !”,ट्वीट गर्दै उनले भनेका छन्। नेकपा भित्र विवाद बढेसँगै नेकपाका गरेक नेताहरुले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनु समय आएको उनको बुझाई छ।
हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनु पर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ ।
— Ghanashyam Bhusal (@gsbhusal) June 30, 2020
भुसालले लेखेका छन्,”अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनु पर्ने भयो! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ।”
यसै बीच पर्यटनमन्त्री योगेश भट्टराईले अन्य दिन भन्दा बुधबार राम्रो मानिने नेपाली चलन रहेको भन्दै परिस्थिती सहि दिशामा मोडिए आशा व्यक्त गरेका छन्।
“सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन् । बुधवारलाई अली बढी राम्रो मान्ने नेपाली चलन् छ् । आज बुधवार, आशा छ परिस्थिती सहि दिशामा मोडिने छ । आशाबाद !”,भट्टराईले ट्वीट गर्दै भनेका छन्। भट्टराईले यस अगाडी मंगलबार सबैले एकपटक नजिकबाट छलफल गर्नुपर्ने बताएका थिए।
सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन् । बुधवारलाई अली बढी राम्रो मान्ने नेपाली चलन् छ् । आज बुधवार, आशा छ परिस्थिती सहि दिशामा मोडिने छ । आशाबाद !
— Yogesh Bhattarai (@yogesbhattarai) July 1, 2020
“आदरणीय कमरेडहरू एकपटक आँफैलाई हेरौं अर्कालाई बुझौं टाढा नजाऔं नजिक आउँ संबाद गरौ संबाद”,मंगलबार ट्वीट गर्दै उनले भनेका थिए।
आदरणीय कमरेडहरु
एकपटक आँफैलाई हेरौ
अर्कालाई बुझौ
टाढा नजाऔ
नजिक आउँ
संबाद गरौ संबाद !— Yogesh Bhattarai (@yogesbhattarai) June 30, 2020