ओली सँगको छलफलपछि मन्त्री भट्टराईले भने – ‘सकारात्मक आशा गरौँ, प्रेक्सी वार बन्द गरौ’

काठमाडौँ – पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन पार्टी भित्रबाट दबाव बढेपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेता तथा मन्त्रीहरुसँग छलफल गरेका छन्। ओलीले बुधबार बिहान आफू निकट स्थायी समिति सदस्य र मन्त्रीहरुसँग छलफल गरेका हुन्।

बुधबार बिहान आफु निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुसँग परामर्शपछि मन्त्री योगेश भट्टराईले बाँकी नेताहरुसँग पनि प्रम ओलीले परामर्श गर्ने बताएको जानकारी दिएका छन्। सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो जानकारी दिएका हुन्।

सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न ओलीलाई सुझाव दिएको भट्टराईको भनाई छ।

“सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ”,छलफल बारे जानकारी गराउँदै भट्टराईले भनेका छन्।

साथै विवाद साकारत्मक दिशामा जाने आशा गर्दै भट्टराईले प्रेक्सी वार बन्द गर्न आग्रह पनि गरेका छन्।

प्रकाशित : बुधबार, असार १७, २०७७०५:४७

कागेश्वरी मनोहरामा दुई जना झुन्डिएको अवस्थामा फेला, पासो एउटै !