रोनाल्डो र डिबालाको जोडी जम्दै, टिम बलियो हुँदा प्रशिक्षक सार्री उत्साहित !

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शीर्षस्थानको युभेन्टसले मंगलबार रातिको खेलमा जेनोआलाई ३-१ को अन्तरले पराजित गरेको छ । युभेन्टसललाई जीत दिलाउन पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो र डग्लस कोस्टाले गोल गरे।

पछिल्लो समय युभेन्टसमा क्रिस्टियानो रोनाल्डो र डिबालाको जोडी जमेको छ। पहिला यी दुई बीच सम्बन्ध राम्रो नरहेको र राम्रो समन्वय हुन नसकेको बताइन्थ्य। तर, अहिले आएर भने यी दुई बीच खेल मैदानमा उत्कृष्ट समन्वय देख्न मिलेको छ।

यी दुई बीच भइरहेको राम्रो समन्वयले इटालियन जाइन्ट युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीलाई उत्साहित बनाएको छ। उनका अनुसार डिबाला र रोनाल्डो बीचको समन्वयले क्लबलाई थप आक्रामक बनाउने छ। मंगलबार रातिको खेलमा जीत हाँसिल गरेपछि सार्रीले डिबाला र रोनाल्डो बीचको समन्वय देखेर आफू खुसि भएको बताए।

“दुवैले एक-अर्कालाई सहयोग गर्ने र फाइदा लिने भन्ने कुरा सिकेका छन्। यी दुई बीच एक-अर्कालाई सघाउने गरी सम्बन्ध विकास भइरहेको प्रशिक्षणमा पनि देखिएको छ।”,खेल पश्चात मिडियाहरुसँग कुराकानी गर्दै उनले भने,”उनीहरुले मैदानमा एक-अर्कालाई खोज्ने र मौकाको सदुपयोग गर्ने कार्य सिकेका छन्।

मंगलबार भएको खेलमा युभेन्टसले पहिलो हाफमा बल पोसेसन र आक्रमणमा एकतर्फी दबाब कायम गरेपनि गोल गर्न भने सकेन। तर, दोस्रो हाफमा युभेन्टसले तीन गोल गर्यो। कोपा इटालियामा खराब प्रदर्शन गरेको युभेन्टसछिट्टै लयमा फर्किएको प्रशिक्षक मौरिसियो सार्रीको भनाई छ।

“क्रिस्टियानो प्राय: गोल गर्नको लागि स्वतन्त्र खेल्छन्, तब उनलाई रोक्न गार्है पर्छ। बललाई लिएर उसले लय लियो भने उसलाई कसैले रोक्न सक्दैन। आजको खेलमा पनि त्यस्तै भयो।”, रोनाल्डोले गरेको उत्कृष्ट गोल बारे उनले भने। मिरालेम प्यानिचको पासलाई जेनोआको हाफको आधा भाग बल अगाडी बढाएपछि झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले गरेको प्रहार गोलमा परिणत भएको थियो।

प्रकाशित : बुधबार, असार १७, २०७७१०:०१

रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोनासँग स्पष्ट ४ अंकको अग्रता !